Tuesday 23rd December 2025

काठमाडौंको हिलाम्मे र धुलाम्मे सडकलाई बलिउड अभिनेत्री जुहीको यस्तो झापड !

7 years अगाडी

काठमाडौं । काठमाडौंको सडकको अवस्था हेर्ने हो भने उराठ लाग्दो छ । पानी प¥यो भने हिलाम्मे, र घाम लाग्यो भने धुलाम्मे । काठमाडौंको पर्यटकिय क्षेत्रहरुको सडक पनि हिलाम्मे र धुलाम्मे नै छ ।

बलिउड अभिनेत्री जुही चावला अहिले काठमाडौंको भ्रमणमा छन् । केही दिन अघि चुपचाप भारतबाट काठमाडौं आएकी जुहीको भ्रमण सकिनै लागेको छ । काठमाडौंको सडकहरुको कन्त-बिजोकलाई सामाजिक सञ्जाल मार्फत गज्जबको झापड हानेकी छन् ।

काठमाडौं, भक्तपुर, धुलिखेल लगाएको ठाउँहरुको अवलोकन गरिसकेकी जुहीले आफ्नो ट्वीट गर्दै काठमाडौंको अस्तव्यस्त सडकमाथि दह्रो व्यांग्य गरेकी छन् ।

उनले ट्वीट गर्दै लेखेकी छन्, ‘जब काठमाडौंमा हामीले आफ्नो कुरिरहेका थियौं, धेरै धुलो, धेरै ट्राफिक, त्यस्तै धेरै डिजेल र पेट्रोलको वायु प्रदुषण । हामीले आफ्नो अनुहारनै छोप्नु प¥यो । प्रत्येक दिन यहाँका लोकल मान्छेहरुले सर्जिकल मास्क लगाएतर हिँड्छन् ।’

जुहीले यस्तो ट्वीट गरेसँगै एउटा फोटो पनि पोष्ट गरेकी छन् । जहाँ पाँच जना उभिरहेका छन् । सायद उनीहरुले आफ्नो गाडीलाई कुरिरहेका होलान् । उनीहरु पाँचै जनाले आफ्नो अनुहरलाई रुमालले छोपेका छन् ।

प्राय नेपाल घुम्न आउने विदेशी पर्यटकले नेपाल तथा काठमाडौंको सुन्दरताको बारेमा खुलेरै प्रसंसा गर्छन् । तर बलिउड अभिनेत्री जुही चावलाले भने ठीक उल्टो धुलाम्मे काठामाडौंको नांगो तस्विर सार्वजनिक गरेकी छन् ।

          July 1, 2018 12:00 pm | समाचार,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...