आफ्नै पत्नीलाई जुवाको दाउमा लगाएर हारेपछि जित्ने व्यक्तिलाई आफ्नी पत्नी सुम्पिए !
भारतको ओडिसास्थित बालेश्वर जिल्लामा एक सर्मनाक घटना घटेको छ । एकजना पुरुषले आफ्नै पत्नीलाई जुवाको दाउमा लगाएर हारेका छन् । घटना यतिमा मात्र सिमित रहेन । जुवा हार्ने व्यक्तिले जुवा जित्ने व्यक्तिलाई आफ्नी पत्नी सुम्पिए । अनि जित्नेले जुवामा जितेकी अर्काकी श्रीमतीलाई उनकै लोग्ने अगाडि बलात्कार गरे ।पीडित महिलाले स्थानीय प्रहरी चौकीमा बलात्कारको उजुरी दर्ता गराएकी छन् । त्यसपछि उनका पति र जुवामा जितेर आफूलाई बलात्कार गर्ने पुरुष दुवैजना फरार छन् ।ती महिलाका अनुसार गत मे २३ मा उनका लोग्ने राति ११ बजे घर आएर उनलाई आफूसँगै हिड्न भने । उनले कहाँ जाने ? भनेर सोध्दा कुनै जवाफ दिएनन् ।
त्यसपछि उनलाई जबरजस्ती गाउँ भन्दा बाहिर लगे, जहाँ लोग्नेका एकजना साथी पहिले देखि नै बसिरहेका थिए । लोग्नेका ती साथीलाई महिलाले पहिले देखिनै चिन्थिन् र भाइ भन्थिन् । तर अकस्मात ती पुरुषले उनको हात समातेर तान्न खोजे । उनले विरोध गरिन् । तर उनका लोग्नेले त्यो परपुरुषलाई झापड हान्नुको साटाे उल्टै आफ्नै श्रीमतीको साडी फुकालिदिए अनि श्रीमतीलाई त्यहीँ जुवाडे साथीको हातमा बुझाइदिए ।
आफूलाई त्यो जुवा जित्नेवाला मानिसले केही पर लगेर बलात्कार गरेको उनले बताएकी छिन् । अर्को दिन बिहान ती महिलाकी छोरीले आफ्नो मावली हजुरबुवालाई फोन गरी आमामाथि भएको बलात्कारको बेलिविस्तार लगाइन् । महिलाका बाबु उनको घर आएर पीडित महिलालाई माइत लगेर गए । अनि प्रहरीमा बलात्कारको उजुरी दर्ता गरिएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
July 1, 2018 1:14 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :