हेर्नुहोस् ,भयानक दुर्घटनाः भीरबाट बस खस्दा ४५ जनाको मृत्यु, चारैतिर छरिए लाश,
8 years अगाडी
Susma Dhakal
आज बिहान ९ बजे भारतमा ठुलो दुर्घटना भएको छ । दुर्घटनामा परी ४५ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । भारत उत्तराखंग राज्यको पौडी-गढवालमा भयानक बस दुर्घटना भएको छ । बसमा अत्याधिक यात्रु भएको कारण अनियन्त्रित भएर भीरबाट खसेको बताइएको छ ।दुर्घटनामा घाइतेहरुको उद्धारको लागि हेलिकप्टर परिचालन गरिएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालबाट दून ल्याइँदै छ ।
दुर्घटना आज बिहान ९ बजेतिर भएको थियो । युके १२ सी ०१५९ नम्बरको बस भौनबाट रामनगर गइरहेको भारतीय दैनिक जागरणले जनाएको छ । उद्धार टोलीले घाइतेहरुलाई धुमाकोट अस्पताल भर्ना गराएको र त्यहाँबाट दून लैजान हेलिकप्टर परिचालन गरिएको हो । बस अत्याधिक यात्रुले खचाखच भरिएकोले अनियन्त्रित भएको अनुमान गरिएको छ । बस सडकबाट ६० मिटर तल खसेको छ । जिल्ला विपद कन्ट्रोल रुमले ४५ जनाको मृत्युको पुष्टि गरेको हो ।
July 1, 2018 3:50 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...