Sunday 28th December 2025

राति घरमै सुतेको अवस्थामा सर्पले टाेक्दा दुईको मृत्यु

7 years अगाडी

महोत्तरी । महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ । गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ ।

त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६ वर्षीय सुशीलकुमार सिंहलाई सर्पले डसेको र उपचारका क्रममा ज्यान गएको छ ।

इलाका प्रंहरी कार्यालय गौशालाले दिएको जानकारीअनुसार सुशीलकुमार सिंह आइतबार साँझ खेतबाट काम गरेर फर्किएपछि अचानक बेहोस भएको र उनलाई तत्कालै उपचारका लागि बर्दिवासस्थित शुभस्वतिक हस्पिटलमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा सर्पले टोकेको पत्ता लागेपछि सर्पदंश उपचार केन्द्रमा पठाएको तर उनको उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । पछिल्लो समय महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि भएको छ ।

          July 2, 2018 12:12 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...