स्पेनको हारपछि आरोप प्रत्यारोपको शिलशिला शुरु
असार । रसिया विश्वकपमा स्पेन प्रि-क्वाटरफाइनलबाट बाहिरिएपछि हारलाई लिएर आरोप प्रत्योरोपको शिलशिला सुरु भएको छ । स्पेन लगातार तीन ठूला प्रतियोगितामा असफल रह्यो । गएराति भएको खेलमा स्पेन रसियासँग पेनाल्टी शूटआउटमा ३-४ ले पराजित भयो ।सन् २०१४ को विश्वकपमा लिग चरणबाटै आउट भयो । त्यसपछि यूरो २०१६ मा प्रि-क्वाटरफाइनलमा इटलीसँग पराजित हुँदै यूरोकप यात्रा टुंग्यायो । तर, यसपटक स्पेनको यात्रा दुखद रह्यो । किनकी, उ संसारको ७० औं स्थानमा रहेको टीम रसियासँग हार्यो । जुन वरियताको हिसाबमा विश्वकपको सबैभन्दा कमजोर टीम हो ।
रसियाले २६ प्रतिशत बल कब्जा गर्दा ६ पटक मात्रै पोष्टमा प्रहार गरेको थियो । तर, विश्वकपको दाबेरदार मानिएको स्पेनको बल पोजिसन निकै राम्रो थियो । उसले निर्धारित समयमा २५ पटक गोल गर्ने कोसिस गरेको थियो ।अहिले चर्चा सुरु भएको छ कि स्पेनका लागि के गल्ली भयो । स्पेनको हारको जिम्मा उसको पहिलो म्याचभन्दा दुई दिन अगावै प्रशिक्षकबाट हटाइएका जुलेन लोपेटगुई र स्पेनिस फुटबल महासंघका अध्यक्ष लुई रुबियालेजलाई दिइएको छ । तर, अहिले स्पेनका वर्तमान प्रशिक्षक फर्नांडो हिएरो र गोलको हिसाबमा प्रतियोगितामा फ्लप रहेका डेविड डे गियालाई पनि दोषी ठहराइएको छ ।
स्पेनिस अखबारले आफ्नो खबरमा लेखेको छ, ‘शुरुआत र अन्त्य दुवै खराब भयो ।’ रुबियालेजले भनेको छ, ‘लोपेटगुईलाई हटाएपछि समस्या सुरु भयो र टीममा फर्म र नयाँ विचारको कमी भयो ।’ यद्यपी उनले लोपेटगुईलाई हटाएकोमा कुनै पछुतो मानेनन् । एजेन्सी
July 3, 2018 11:12 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :