

वर्षमा एक-दुई पटक गर्नुहोस् यी काम, चम्किने छ भाग्य

दान गर्दा पुण्य मिल्ने तथा जानी नजानी गरेका पापको कर्मको फल समेत नष्ट हुने धार्मीक विश्वास गरिँदै आइएको छ। शास्त्रमा दानको विशेष महत्वको व्याख्या गरिएको छ।
यस पुष्य कर्मबाट समाजमा समान्ताको भाव झल्किने विश्वास गरिएको छ। आज हामीले शास्त्रमा उल्लेख गरिएका दानसँग सम्बन्धित केही कुराका बारेमा जानकारी दिदैछौँ :
१. गरुड पुराणका अनुसार अन्न, पानी, कपडा, आसन यी ४ बस्तुको दान वर्षमा एक दुई पटक गर्न जरुरी छ। यी ४ कुरा दान गर्दा लामो समयसम्म फल मिल्ने शास्त्रमा उल्लेख गरिएको छ।
२. जो व्यक्लिे पत्नी, पुत्र एवम् परिवारलाई दुख बनाएर दान गर्छ भने त्यो व्यक्तिले पुण्य प्राप्त नगर्ने शास्त्रमा उल्लेख छ। दान सबैलाई प्रसन्न गरेर गर्न आवश्यक छ।
३. सहयोगको आवश्यकता परेका व्यक्तिको घरमा गएर गरेको दान सबै भन्दा राम्रो मानिने गरिन्छ। सहयोगको आवश्यक परेका व्यक्तिलाई घरमै बोलाएर दिएको दानले मध्यम फल प्राप्त गर्ने शास्त्रमा उल्लेख छ।
४. यदी कोही व्यक्तिले गाई दान गर्ने तथा ब्राहमणलाई विभिन्न बस्तु दान गर्छ भने त्यस्ता व्यक्तिलाई दान गर्न रोक्न हुँदैन। दान गर्न रोक्ने व्यक्ति पापको भागेदार बन्ने शास्त्रमा उल्लेख छ।
५. तिल, कुश, जल र चामल यी बस्तु हातमा लिएर दिन आवश्यक छ। अन्यथा उक्त दान दैत्यको प्राप्त हुने विश्वास छ।
६. दान दिने व्यक्ति पूर्व दिशा र लिने व्यक्ति उत्तर दिशामा हुन आवश्यक छ। यस्तो गर्दा दान दिने व्यक्तिको आयु बढ्ने तथा दान लिने व्यक्तिको आयु कम नहुने विश्वास गरिन्छ। एजेन्सी
July 3, 2018 11:29 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

