उद्धार गर्न भारतको आग्रह, हुम्लाको विकट हिमाली क्षेत्रमा १ हजार ५७५ भारतीय तीर्थयात्री फसे
काठमाडौं। भारत सरकारले नेपालको हुम्लाको विकट हिमाली क्षेत्रमा १५ सय ७५ जना भारतीय तीर्थयात्री अलपत्र परेको भन्दै उद्धार गरिदिन नेपाली सेनासँग आग्रह गरेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाली दूतावासमार्फत यस्तो आग्रह गरेकी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा अलपत्रको विवरण राखेर हटलाइन नम्बर पनि सार्वजनिक गरेकी छिन् ।
नेपालस्थित भारतीय दूतावासले पनि एक विज्ञप्ति प्रकाशित गरी सहयोग गरिदिन आग्रह गरेको छ । दूतावासको विज्ञप्तिमा उल्लेख भएअनुसार ५२५ तीर्थयात्री हुम्लाको सिमिकोटमा छन् । ५ सय ५० तीर्थयात्री हिल्सामा र थप ५ सय तीर्थयात्री तिब्बत क्षेत्रमा अलपत्र परेका छन् । उनीहरु कैलाश मानसरोवर यात्रामा गएकोमा मौसम खराब भएपछि त्यहाँबाट अगाडि बढ्न सकेका छैनन् । अहिले उनीहरु बाढीपहिरोको जोखिममा अलपत्र परिरहेको दूतावासले जनाएको छ ।तीर्थयात्रीहरु ठूलो मात्रामा दक्षिण भारतीय भएको बताइएको छ । भारतीय विदेशमन्त्री स्वराजले तामिल, तलेगु, कनाडा, मलयालम भाषामा हटलाइनको समेत व्यवस्था गरिएको जानकारीसहित नेपाली नम्बर समेत सार्वजनिक गरेकी छन् ।
July 3, 2018 12:45 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना