मलेसियामा डुङ्गा दुर्घटनामा एकको मृत्यु, १८ बेपत्ता
क्वालालम्पुर, १९ असार । मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन् ।इन्डोनेसियाबाट गैरकानूनी आप्रवासीहरुलाई लिएर आएको डुङ्गा दुर्घटनामा परेको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
इन्डोनेसियाको बाटामबाट आइतबार राती मलेसियातर्फ आएको डुङ्गामा ४४ जना यात्रु रहेका थिए । डुङ्गाका यात्रुमध्ये २५ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।
‘अहिले सम्म हराइरहेका मध्ये १८ जनाको खोजी तथा उद्धार कार्य भइरहेको छ,’ एक उच्च अधिकारीले एएफपीसँग भने ।प्रारम्भिक विवरणहरू अनुसार क्षमताभन्दा बढी यात्रु ल्याएको र खराव मौसमका कारण डुङ्गा दुर्घटना भएको अनुमान गरिएको छ ।डुङ्गा दुर्घटना भएको ठाउँको १५० वर्गमिटर क्षेत्रमा खोजी कार्य जारी राखिएको छ । खोजी तथा उद्धारका लागि सरकारका विभिन्न निकायका १५० जना अधिकारीहरू, सात डुङ्गा र पानी जहाज तथा हेलिकोप्टर पनि परिचालन गरिएको छ । काम खोज्दै इन्डोनेसियाका अवैध आप्रवासीहरू वेला वेलामा यसैगरी मलेसिया जाने गर्दछन् ।
July 3, 2018 3:14 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना