Friday 3rd April 2026

कमजोरी भए सच्याऔं र अघि बढौं,नेकपाका प्रवक्ता श्रेष्ठ भन्छन्-आत्मसमीक्षा गरौं

8 years अगाडी

काठमाडौं, १९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वाम क्रान्त्रीकारीहरु जुनसुकै रुपको वर्गसंघर्षमा पनि खरोरुपमा उत्रनुपर्ने बताएका छन् । राष्ट्रिय स्वाधिनताको रक्षा, भ्रष्टाचारको उन्मुलन, सुशासनको स्थापना र सामाजिक न्यायसहितको समृद्धिको लक्ष हासिल गर्नका लागि खरोरुपमा उत्रनुपर्ने उनको भनाई रहेको छ ।

सामाजिक संजाल ट्वीटरमार्फत् प्रवक्त श्रेष्ठले यस्तो कुरा बताएका हुन् । उनले यसका लागि आत्मसमीक्ष गरेर कमजोरी भए सच्याउँदै अघि बढ्नुपर्ने सुझाव दिएका छन् । ट्वीटरमार्फत प्रवक्ता श्रेष्ठले लेखेका छन्,  ‘बाम क्रान्तिकारीहरु जुनसुकै रुपको वर्गसंघर्षमा पनि खरो उत्रनु पर्छ। यतिबेला त्यसमा खरो उत्रनु भनेको राष्ट्रिय स्वाधिनताको रक्षा, भ्रष्टाचारको उन्मुलन, सुशासनको स्थापना र सामाजिक न्यायसहितको समृद्धिको लक्ष हासिल गर्न सफल हुनु हो। आत्मसमीक्षा गरौं, कमजोरी भए सच्याऔं र अघि बढौं। दृढ बनौं।’

          July 3, 2018 3:46 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...