Thursday 2nd May 2024

नसोच तिमी, तिमी बिना मलाई जीउने अधार हुदैन

6 years अगाडी

सबिना के .सी 

तिमी बिना नी हास्न सक्छु ,खुसीले रम्न बाच्न सक्छु 

एक थोपा आँसु झार्दीन म ,ओभानो आँखा राख्न सक्छु 

छोड्दैमा तीमीले मेरो दिन रात असार हुदैन

नसोच तिमी, तिमी बिना मलाई जीउने आधार हुदैन ।

 

हुन सक्छ तिम्रो यादमा कहीले-काहीं  उदास बनुला

कहिले  नउठाको गीलास उठाउने प्रयास गरुला

तिम्रो झुठो मायाको भन्दा ठूलो यस्को बिकार हुदैन

नसोच  तिमी, तिमी बिना मलाई जीउने आधार हुदैन ।

 

सुर्य नहुदा चन्द्रमा, चन्द्रमा नहुदा तारा हुन्छन

ढकमक्क बाद्ल लाग्दा नी आकास्मा बीजुली चम्कम्छ्न

तिमी नहुदा अँध्यारो अबस्य मेरो सन्सार हुदैन

नसोच तिमी ,तिमी बिना मलाई जीउने आधार हुदैन ।

 

छोडी  गयौ  मलाई तीमीले म पनि कुनै बिस्मात गर्दीन

मेरो लागि तिमी बाचेनौ ,तिम्रो लागी म पनि मर्दीन

छोड्दैमा तिमीले मलाई , अभागी मेरो नीधार हुदैन

नसोच तिमी, तिमी बिना मलाई  जीउने आधार हुदैन । 

          July 3, 2018 5:16 pm | साहित्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...