नसोच तिमी, तिमी बिना मलाई जीउने अधार हुदैन
8 years अगाडी
Nepal Drishti
सबिना के .सी
तिमी बिना नी हास्न सक्छु ,खुसीले रम्न बाच्न सक्छु
एक थोपा आँसु झार्दीन म ,ओभानो आँखा राख्न सक्छु
छोड्दैमा तीमीले मेरो दिन रात असार हुदैन
नसोच तिमी, तिमी बिना मलाई जीउने आधार हुदैन ।
हुन सक्छ तिम्रो यादमा कहीले-काहीं उदास बनुला
कहिले नउठाको गीलास उठाउने प्रयास गरुला
तिम्रो झुठो मायाको भन्दा ठूलो यस्को बिकार हुदैन
नसोच तिमी, तिमी बिना मलाई जीउने आधार हुदैन ।
सुर्य नहुदा चन्द्रमा, चन्द्रमा नहुदा तारा हुन्छन
ढकमक्क बाद्ल लाग्दा नी आकास्मा बीजुली चम्कम्छ्न
तिमी नहुदा अँध्यारो अबस्य मेरो सन्सार हुदैन
नसोच तिमी ,तिमी बिना मलाई जीउने आधार हुदैन ।
छोडी गयौ मलाई तीमीले म पनि कुनै बिस्मात गर्दीन
मेरो लागि तिमी बाचेनौ ,तिम्रो लागी म पनि मर्दीन
छोड्दैमा तिमीले मलाई , अभागी मेरो नीधार हुदैन
नसोच तिमी, तिमी बिना मलाई जीउने आधार हुदैन ।
July 3, 2018 5:16 pm | साहित्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...