Friday 3rd April 2026

बाढीपहिरो र डुवानमा परेर २२ जनाको मृत्यु

8 years अगाडी

काठमाडौँ,  २० असार। बाढी, पहिरो र डुबानमा परेर सोमबार र मङ्गलबार गरी मुलुकका विभिन्न स्थानमा २२ जनाको मृत्यु भएको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले मङ्गलबार साँझसम्म नौ जना घाइते तथा दुई जना बेपत्ता भएको जानकारी समेत दिएको छ ।केन्द्रले बाँकेमा चार जना, रोल्पामा तीन जना, सिन्धुली, सर्लाही, पर्सा र तनुहँमा दुई÷दुई जना, कैलाली, चितवन, महोत्तरी, काठमाडौं, उदयपुर, सिरहा र दाङमा एक÷एक जनाको मृत्यु भएको जानकारी दिएको छ । केन्द्रमा कार्यरत गोवद्र्धन कार्कीले सर्लाही र तनहुँमा एक÷एक जना वेपत्ता भएको, तनहुँमा तीन जना, पर्सा र मकवानपुरमा दुई÷दुई जना, कैलाली र उदयपुरमा एक÷एक जना घाइते भएको जानकारी दिए ।

मनसुन कमजोर बन्दै
केही दिनदेखि पश्चिम नेपालमा सक्रिय मनसुन कमजोर बन्दै जाने अनुमान गरिएको छ । पश्चिम तराईको भूभागमा केही दिनदेखि सक्रिय मनसुन बुधबारदेखि कमजोर बन्दै जाने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।महाशाखाका मौसमविद् मीनकुमार अर्यालले पश्चिम नेपालमा मनसुन कमजोर हुने देखिए पनि मध्य तराई, पूर्वी नेपालमा भने अझै केही दिन सक्रिय नै रहने जानकारी दिए । उनले ती क्षेत्रमध्ये केही स्थानमा भारी वर्षा हुने जानकारी दिए । मौसम पूर्वानुमान महाशाखाका अनुसार, यो वर्ष मनसुन जून ८ मा नेपालको पूर्वी भागबाट प्रवेश गरी जून २७ देखि मुलुकभरि सक्रिय भएको हो । हरेक वर्ष १० जूनमा नेपालको पूर्वी भूभागमा र १२ जूनमा काठमाडौँमा मनसुन सुरु हुने गर्छ ।

          July 4, 2018 11:04 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...