२१ औँ शताब्दीकै लामो चन्द्र ग्रहण साउन ११ गते लाग्ने
एजेन्सी । २१ औँ शताब्दीकै लामो चन्द्र ग्रहण साउन ११ गते लाग्ने भएका छन्। यो एक महत्वपूर्ण खगोलिय घटना हो।लगातार तीन ग्रहणमा खग्रास चन्द्रग्रहणको ज्योतिषीय प्रभाव गहिरो हुने गर्दछ। ज्योतिष अरुणेश कुमार शर्माले विशेष कर्कट रेखा क्षेत्रमा विनासकारी भूकम्प, सुनामी, चक्रवात, ज्वालामुखी विष्फोट हुने संवभावना निकै उच्च हुने बताएका छन्।त्यसबाहेक पृथ्वीको कक्षमा रहेका विभिन्न देशमा हजारौँ सेटेलाइट्स यसको प्रभावमा बिग्रिने सम्भावना रहन्छ। उक्त प्रभावका कारण सञ्चारसम्बन्धी, सुरक्षा तथा अन्य सुविधा प्रभावित हुने सम्भावना हुन्छ।
जुलाई २७ अर्थात नेपाली समय अनुसार साउन ११ गते लाग्ने उक्त चन्द्र ग्रहण ६ घण्टा १४ मिनेटसम्म रहनेछ। यो ग्रहणलाई २१ औँ शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण मानिएको छ। जसमा पूर्ण चन्द्र ग्रहको स्थिती १०३ मिनेटसम्म रहनेछ।उक्त ग्रहण नेपाली समय अनुसार राति १२ बजेर १० मिनेटमा सुरु भएर बिहान ४ बजेर ९ मिनेटमा पूर्ण हुनेछ। यसमा पृथ्वीको मध्येक्षेत्रको छाया चन्द्रमामा पर्नेछ। यसको गहिरो प्रभाव पृथ्वीमा पर्ने बताइएकोछ।
July 4, 2018 12:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना