पाल्पामा लिची खेतीमा हुगीका किसानको आकर्षण बढ्दो
कृष्ण दर्नाल
पाल्पा, २० असार । पहाडी जिल्ला पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा व्यावसायिक रुपमा लिची उत्पादन गर्न थालेसँगै यहाँका किसानको जीवनस्तरमा सुधार आएको छ ।व्यावसायिक लिची उत्पादनबाट यस आवमा ४० हजार किलोग्राम लिची एउटा वडाबाट निकासी भएको हो । किसानले लिचीको बिरुवासमेत आफैँ उत्पादन गरेर व्यावसायिकरुपमा लिची खेती गर्न थालेसँगै जीवनस्तर माथि उठेपछि यहाँका किसानहरु आकर्षित बनेका हुन् ।
किसानले फलाएको लिचीलाई प्रतिकिलो ७० मा बोटबाट नै खरिद हुँदै आएपछि किसान खुशी छन् । पाल्पाको हुगीमा उत्पादन हुने लिची पोखरा, स्याङ्जा, रुपन्देही र पाल्पाको स्थानीय बजारमा खपत हुँदै आएको छ । हुगीमा उत्पादित लिची राम्रो भएकाले बजारका लागि समस्या नहुने लिची किसान मीनप्रसाद अर्यालले बताए ।पहाडी जिल्ला पाल्पाको हुगीमा उत्पादित लिची नेपालको उत्कृष्ट रहेको यहाँका किसानको दाबी छ । हुगीमा उत्पादित लिचीको दाना (बियाँ) सानो हुने र लिचीको सेतो भाग बाक्लो, रसिलो हुने भएकाले यहाँको लिचीको बजार राम्रो रहेको लिची व्यवसायी दिनेश अर्यालले बताए ।
उनले हुगीबाट तानसेन जाने सिधा बाटो नहुँदासम्म आफूले स्याङ्जाको गल्याङ्मा लिची बोकेर बजारको खोजी गरेको बताए । कालीगण्डकी कोरिडर विस्तार भएपछि यहाँका किसान यातायातको पहुँचमा छन् ।लिची खेती गरेका अर्जुनदेव पन्त करिब २०० बोटबाट अहिले दुई लाख ५० हजार आम्दानी गर्न सफल भएका छन् । सोही स्थानका जोगबहादुर पछाई, जंगबहादुर सार्की, दुर्गाप्रसाद अर्याल, मीनप्रसाद अर्याल, बाबुराम पछाई, दानबहादुर पछाई, दीपक पछाई, अर्जुन पछाईले गाउँमा ठूलो मात्रामा लिची उत्पादन गर्न सफल भएका छन् ।
लिची खेतीबाट वार्षिक ५० हजारदेखि दुई लाख ५० हजार आम्दानी गर्ने करीब २० जनाभन्दा बढी किसान रहेका छन् । समतल र गर्मी मौसममा लिची राम्रो हुने गर्दछ ।किसान पछिल्लो वर्ष लिचीखेतीतर्फ आकर्षित भएपछि आयस्रोत बढेको र पाँच हजारदेखि ५० हजारसम्म आम्दानी गर्ने करीब १०० घरपरिवारभन्दा बढी रहेको व्यवसायी अर्यालले जानकारी दिए । मकै उत्पादन गर्दै आएका यहाँका किसानले आगामी दिनमा मकैको बारीमा व्यावसायिक लिची खेती गर्ने सोचमा रहेका छन् ।
July 4, 2018 12:34 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना