चोटपटकका कारण छालामा लागेको दाग कसरी हटाउने ?
सानो छँदा कति पटक लड्नुभयो होला । चोटपटक लाग्यो होला । त्यसबेलाको दाग अहिलेपनि होला । अथवा काम गर्दा तपाईको हातखुट्टामा सानोतिनो चोट लाग्यो होला । चोट त निको भएको होला । तर, दाग अझै बाँकी हुनसक्छ । छालाको यस्तो दाग तपाईंलाई असहज लागिरहेको पो होला कि ?अनुहार तथा छालामा बसेको दागकै कारण व्यक्तिको सौन्दर्यतामा समेत आँच आउने गर्दछ ।
त्यसैले, पछिल्लो समय मानिसहरु यस्ता दाग हटाउन विभिन्न उपाय अपनाउने गर्दछ । विशेषगरी, लेजर ट्रिटमेन्ट, सर्जरीद्धारा पनि मानिसहरु यस्ता दाग हटाउन हरसम्भव प्रयास गर्दछन् । यस्ता प्रयास महँगो त हुन्छ नै, कम हुन्छ भन्ने पनि हुँदैन । जबकी केही घरेलु उपाय अपनाएरै पनि चोटका कारण लागेको यस्ता दाग प्राकृतिक रुपमै हटाउन सकिन्छ ।
कागती : शरीरमा भएको दाग मेटाउनका लागि कागतीको प्रयोग पनि राम्रो मानिन्छ । कागतीमा प्राकृतिक व्लिचिङ्ग गुण रहेको हुन्छ, जुन चोटका करण शरीरमा लागेको दाग कम गर्न सहायक मानिन्छ । तर कुनै पनि दागमा कागतीको प्रयोग गर्दा त्यसलाई सिधै घाउमा लगाउनु हुँदैन । कागतीको रसलाई कपासको सहायताले घाउमा लगाउनु पर्छ । यो प्रकृयालाई लगातार एक हप्तासम्म दोहर्याएको खण्डमा यो समस्या क्रमश कम हुँदै जान्छ ।
बेसार : बेसारमा प्राकृतिक व्लिचिङ्ग गुण हुन्छ, जसले घाउका कारण लागेको दाग कम गर्नमा मद्दत गर्छ । बेसारलाई मह वा दहीमा मिसाएर दागमा लगाउनु पर्छ यति गरेमा यो दाग क्रमश कम हुँदै जान्छ ।
मह : महद्धारा पनि घाउको दागलाई सजिलै मेटाउन सकिन्छ । महमा कागतीको रस मिसाएर छिट्टै दाग कम हुने गर्छ ।
काक्रोँ : शरीरलाई स्वस्थ राख्न तथा छालालाई नरम बनाउन तथा शरीरलाई हाइड्रेट राख्न काक्रो लाभदायक मानिन्छ । काक्रोको पेस्टलाई नियमित रुपमा ठाउँमा लगाएको खण्डमा मात्र पनि घाउका कारण भएको दाग विस्तारै कम भएर जान्छ ।
चन्दन : चन्दन पनि अनुहारको लागि राम्रो मानिन्छ । चन्दनको पाउडरमा दुई चम्चा दूधको साथमा गुलाव जल मिसाएर त्यसको पेस्टलाई घाउमा लगाएर करिब एक घण्टा सुक्नको लागि छोड्नु पर्छ । अब यसलाई चिसो पानीले धुनु पर्छ । यो प्रकृया नियमति रुपमा अपनाएको खण्डमा अनुहारको दाग क्रमश कम हुँदै जान्छ
एलोभेरा : एलोभेरा जेल अनुहारका लागि निकै फाइदाजनक मानिन्छ । यो जेललाई राती सुत्नु अगाडी दाग भएको ठाउँमा लगाउनाले दागमा फाइदा हुन्छ ।
समर मेकअप टिप्स :
छालाको दाग हटाउने उपाय त थाहा पायौं । अब गर्मीमा कसरी मेकअप गर्ने त्यसको पनि आधारभूत जानकारी यहाँ पेश गरिएको छ ।
-डिप अरेन्ज, पल्म अरेन्ज, पिंक, कोरल पिंक, पर्ल रेड आदि रंग गर्मी मौसमका लागि आदर्श मानिन्छन् । मेकअप गर्दा यसमा विचार पुर्याउनु राम्रो हुन्छ ।
-गर्मी मौसममा कुनै पनि प्रकारको छालामा मेकअप गर्नु कठिन मानिन्छ । तैलीय छालामा बढी कठिन हुन्छ ।
-अन्य फाउन्डेसनका तुलनामा क्रिम फाउन्डेसन लगाउन विशेष मिहिनेत गर्नुपर्ने हुन्छ, यसले छालालाई बढी चिल्लो पनि बनाउँछ । त्यसैले तैलीय छाला छ भने क्रिम फाउन्डेसन प्रयोग गर्नुपूर्व मेटिफाइङ प्राइमर अथवा आयल फ्री मोइश्चराइजरको प्रयोग गर्नुपर्छ । यसो गर्दा छालाको तैलीय तत्व सुक्छ र मेकअप राम्रो देखिन्छ ।
-लिक्वीड फाउन्डेसनको प्रयोग पनि उपयुक्त हुन्छ । यसले छालालाई सुकाउँछ । तैलीय छालामा लिक्वीड फाउन्डेसन निकै कम समय मात्र टिक्छ । त्यसैले यसलाई क्रिम फाउन्डेसनको कवचका रूपमा प्रयोग गर्नु राम्रो हुन्छ ।
-तैलीय छालाका लागि पाउडर फाउन्डेसन पनि त्यति राम्रो हुँदैन किनभने यो टाँसेको जस्तो देखिन्छ ।
-लिप वाम प्रयोग गर्नु आवश्यक हुन्छ । ओठ नसुके पनि ओठ सुकेको चिह्न नदेखियोस् भनेर लिप वाम प्रयोग गर्नु राम्रो हुन्छ ।
-ओठमा कोरल पिन्क वा स्कीन कलर पेन्सिलको प्रयोग गर्नुपर्छ र यसबाट ओठको आउटलाइनलाई सुरक्षित राख्न सकिन्छ ।
-गर्मी मौसममा लिपस्टिक प्रयोग गर्नुको साटो लिप टिन्टेड वाम वा ग्लस राम्रो हुन्छ । अरेन्ज वेस्ड लिप टिन्ट वा पिंक वेस्ट लिप टिन्ट प्रयोग गर्न सकिन्छ । गर्मीको मौसममा भाइब्रेन्ट कलरबाट बच्नुपर्छ । यो मौसममा हल्का रंग नै राम्रो देखिन्छ ।
-कपर, अरेन्ज कलरजस्ता वार्म स्याडो प्रयोग गर्ने मन छ भने चमक रहित टेक्स्चर भएका आइस्याडो प्रयोग गर्नुपर्छ । चमकदार आइस्याडोको पनि प्रयोग गर्न सकिन्छ तर साँझ र रातिको पार्टी तथा अन्य कार्यक्रमका लागि मात्र उपयुक्त हुन्छ । दिउँसोको मकेअप मेट कलर तथा टेक्स्चरका साथमा राम्रो देखिन्छ र यो छालाका लागि समेत अनुकूल हुन्छ ।
-मेकअप गर्दा पाउडर सकेसम्म कम प्रयोग गर्नुपर्छ, अत्यधिक पाउडरको प्रयोगले छालालाई अझ बढी सुख्खा बनाउँछ भने मेकअप बनावटी देखिन्छ ।
-आँखालाई आकार दिन आइलाइनर प्रयोग गर्नु राम्रो हुन्छ । अहिले क्याट आइलाइनर प्रचलनमा छ । यसको जेल आधारित स्वरूप राम्रो हुन्छ ।
July 4, 2018 12:47 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :