क्यान्सरसँग लडिरहेकी सोनाली बेन्द्रेको नाम को कोसँग जोडियो?
एजेन्सी। ९० की दशककी चर्चित एवं लोकप्रिय अभिनेत्रीमध्ये एक सोनाली बेन्द्रेको जादू आजसम्म पनि उस्तै छ। उनको शालीनता र सुन्दरतामा आज पनि हजारौं युवा दिवाना हुन्छन्। उनको प्रशंसकको लिस्टमा पाकिस्तानी क्रिकेटरदेखि एमएनएसका अध्यक्षसम्म छन्। आज हामी सोनाली बेन्द्रेको लभ अफेयससँग जोडिका दश वटा विषयमा जानकारी दिँदैछौं। आफ्नो जनामाकी चर्चित अभिनेत्री सोनाली यतिबेला क्यान्सर रोगसँग लडिरहेकी छन्। उनको उपचार विदेशमा भइरहेको छ। तर उनको जादू विगतदेखि अहिलेसम्म कायमै छ। त्यही भएर उनलाई चाहनेको कमी अहिले पनि छैन। उनको नाम कयौं चर्चित व्यक्तित्वसँग जोडिएको छ। जसमध्ये एक पाकिस्तानी क्रिकेटर शोएब अख्तर पनि हुन्।

शोएब सोनालीका ठूला फ्यान हुन्। शोएब सोनालीप्रति कति आशक्त थिए भने आफ्नो पर्समा सोनालीको फोटोसमेत राख्थे। शोएब सोनालीलाई किनै फलो गर्थे। त्यही भएर उनले सोनालीको कुनै पनि फिल्म हेर्न छुटाएनन्। उनलाई सोनालीको सुन्दरताले खुब आकर्षित गर्यो। एक दैनिक पत्रिकाको समाचार अनुसार शोएबले सोनालीसँग भेट्न फिक्र्सको सम्म सहयोग लिएका थिए। शोएबले सोनालीसँग भेट्न भारत र पाकिस्तानबीचको खेलमा फिक्सरसँग अनुरोध गरेका थिए। जसमा शोएब सफल पनि भएका थिए।
सोनालीप्रति शोएबको प्रेम यति गहिरो थियो की उनले एक अन्तर्वातामा सोनालीले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरिन भने सोनालीलाई अपहरण गरेर लैजाने बताएका थिए। यद्यपी उनले सो कुरा हासिमजाकमा भनेका थिए।शोएब बाहेक सोनालीको नाम महाराष्ट्र नव निर्माण सेना अर्थात एमएनएसका अध्यक्ष राज ठाकरेसँग पनि जोडिएको थियो। दुवैका विषयमा धेरै चर्चा परिचर्चा हुन्थ्यो। कतिपयले त राज ठाकरेकै कारण सोनालीलाई बलिउडमा अवसर मिलेको पनि भन्छन्। केहीले भने सोनालीको सुन्दरतामा राज ठाकरे फिदा भएको बताउँछन्।

राज ठाकरे विवाहित हुँदा हुँदै पनि सोनालीसँग विवाह गर्न चाहन्थे। तर राज ठाकरेका काका बाल ठाकरेले उनलाई पार्टीको मर्यादा र आफ्नो घरको इज्जत ख्याल गर्न आग्रह गरे। आफ्ना काकाको मान राख्न उनले सोनालीसँग विवाह गरेनन्। र उनीहरुबीचको लभस्टोरी अधुरो रह्यो।

सोनालीको अफेयरको चर्चा अभिनेता सुनील शेट्टीसँग पनि भयो। यी दुवैले एकसाथ टक्कर, सपूत, कहर र भाइ फिल्ममा काम गरेका थिए। शुटिङका क्रममा सुनील र सोनालीबीच गहिरो मित्रता भएको थियो। तर सुनीलले सोनालीसँग विवाह गर्न अस्वीकार गरेपछि उनीहरुबीच विवाह हुन सकेन।

कयौं लभ अफेयर्सको चर्चामा रहेकी सोनालीले अन्तिममा २००२ मा निर्देशक गोल्डी बहलसँग विवाह गरिन्। गोल्डीसँग पनि उनको अफेयर्स थियो। पछि शोएबले पाकिस्तानी युवती रुबाबसँग २०१४ मा विवाह गरे।
July 6, 2018 10:44 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :