Friday 3rd April 2026

यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

8 years अगाडी

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल बर्दघाट खण्डको देवदहमा गएराति बसको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५०८२ नम्बरको बसले सोही दिशातर्फ साइकलमा जाँदै गरेका देवदह नगरपालिका–६ का ४० वर्षीय सोमबहादुर श्रीसको देवदह–९, घोडाहामा गएराति करीब पौने १० बजे बसको ठक्करबाट मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका श्रीसको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

          July 6, 2018 10:46 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...