Friday 3rd April 2026

प्यूठानको एक विद्यालयका ४२ विद्यार्थी एक्कासी बेहोस भइ ढले, स्वास्थ्यकर्मीको टोली घटनास्थलमा

8 years अगाडी

प्यूठान, असार । प्यूठानको गौमुखी गाउँपालिका–७ नारिकोटस्थित अमृतजीवन मावीका कक्षा ५ सम्मका करिब ४२ बालबालिका एक्कासी बेहोस भएर ढलेका छन् । त्यति ठूलो संख्यामा विद्यार्थीहरु एक्कासी बेहोस भएर ढलेपछी प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेसहित स्वास्थकर्मीको एक टोली घटनास्थलमा पुगेको त्यहाँबाट संचारकर्मी सलिम अन्सारीले जानकारी दिएका छन् ।

घटनास्थलमै रहेका डिएसपी राजेन्द्र पोख्रेलकाअनुसार ५ कक्षा सम्म पढ्ने ४२ जना बालबालिकाहरुमा अचानक पेट दुख्ने, बटारिने, मान्छे नचिन्ने समस्या देखिएर बेहोस भई ढलेका हुन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

          July 6, 2018 10:51 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...