पृथ्वी समाप्त हुँदैछ भनि भ्रम फैलाउने नेतालाई मृत्युदण्डको सजाय
बीबीसी । जापानको टोक्योस्थित एउटा सब-वे मा सन् १९९५ मा स्नायु प्रणालीमा असर गर्ने घातक ग्यासको प्रयोग गरी हमला गर्ने एउटा सम्प्रदायका संस्थापकलाई मृत्युदण्डको सजाय दिइएको छ।उनी आफूहरू बाहेक पृथ्वीमा रहेका सबैकुरा समाप्त हुँदैछ भन्ने हल्ला चलाउने, अम सिनरिक्यो समूहका नेता थिए।बिहानीको व्यस्त समयमा टोकियोको रेल प्रणालीमा सो सम्प्रदायका सदस्यले सारिन ग्यासबाट हमला गरेपछि कम्तीमा १३ जना मारिएका थिए र हजारौं घाइते भएका थिए। उक्त समूहका अन्य ६ सदस्यहरू पनि मृत्युदण्डको सजाय कुरिरहेका छन्।
मृत्युदण्डको सजायको कार्यान्वयन दोषी ठहर गरिएका अन्यहरूको अन्तिम पुनरावेदन प्रक्रिया पूरा नभएसम्म रोकिएका थिए। जापानमा एकदमै गम्भीर प्रकृतिका हत्याका घटनामा मात्र दोषीहरूलाई मृत्युदण्डको सजाय दिइन्छ। यस्तो सजाय पाउने व्यक्तिहरूलाई त्यहाँ झुण्ड्याउने गरिएको छ।सन् १९९५ को मार्च २० मा अन सिनरिक्यो सम्प्रदायका सदस्यहरूले जापानको राजधानी टोकियोको सब-वेमा सारिन ग्यासबाट हमला गरेका थिए। उनीहरूले स्नायु प्रणालीमा असर गर्ने रसायनहरूले भरिएका प्वाल परेका झोलाहरू टोकियोको प्रमुख क्षेत्रतर्फ गइरहेका रेल लाईनमा राखिदिएका थिए।
प्रत्यक्षदर्शीहरूले ती झोलाहरूबाट चुहावट महसुस गरेको र त्यसको लगत्तै एकदम पीडा दिने धुँवा आँखातर्फ आएको बताएका थिए।केही सेकेण्डभित्रै सो हानिकारक पदार्थले मानिसहरूलाई असर गर्न थालेको थियो। उनीहरूले निस्सासिएको, बान्ता गरेको र केहीले अन्धोपन र पक्षघात जस्ता समस्या भोगेका थिए। १३ जना मानिसहरू मारिएका थिए।
July 6, 2018 11:45 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना