सलमान फेरी संकटमा, छिमेकीले लगाए गम्भीर आरोप
भातरीय सुपरस्टार सलमान खानको नाम जोडेर नयाँ विवाद उत्पन्न भएको छ । जंगली जनावारको सिकार तथा अदालतको अवहेलना जस्ता कारणले विवादमा पर्ने गरेका उनी अहिले भने जग्गासँग सम्बन्धित विवादमा परेका छन् । आफ्नो नाममा रहेको जग्गामा सलमान खानले घर बनाउन नदिएको मुम्वईका एक दम्पत्तीले आरोप लगाएका छन् ।उनिहरुले जग्गाको विषयमा सलमान खानले आफुलाई दुख दिएको आरोप लगाएका हुन् । मुम्बईको पनवेमा रहेको जग्गामा घर बनाउन चाहेको पिडित दम्पत्तीले जानकारी दिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार तीन बर्ष पहिला अमेरिका छोडेर मुम्बई आएको त्यो दम्पात्तीले आफ्नो नाममा रहेका जग्गामा घर बनाउन चाहेको छ । उनिहरुले घर बनाउन चाहेको जग्गा नजिकै सलमान खानको फार्महाउस रहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
केतन कक्कड र उनकी श्रीमती अनिता कक्कड अमेरिका बसाईं टुग्याएर भारत फर्किएका हुन् । उनीहरुले साढे २७ लाख भारतीय रुपैयाँमा जग्गा खरिद गरेको दाबी गरेका छन् । अमेरिकामा रहँदा सलमान खानको फार्महाउसमा आएर उनीहरु बसोवास समेत गर्ने गरेका थिए । उनिहरुका अनुसार त्यती बेला सलमान खान र उनको परिवारसँग राम्रो सम्बन्ध थियो । सलमान खानले पनि उनिहरुलाई असपल छिमेकीको रुपमा व्यवहार गर्दै आइरहेका थिए ।जब उनिहरु अमेरिकाबाट मुम्बई आएर आफ्नो जग्गामा घर बनाउने योजना बनाउन थाले त्यसपछि सलमान खानले असहयोग गरेको उनिहरुको गुनासो छ । सलमानको फार्महाउस नजिकै रहेको जग्गा उनिहरुले सन् १९९६ मा खरिद गरेका थिए । जग्गा खरिद गर्ने बेलामा उनिहरुले सलमान खानका पितासँग पनि सल्लाह गरेको जानकारी दिएका छन् । तर आँफैले किनेको जग्गामा सलमान खानले घर बनाउन रोक लगाएको भन्दै उनिहरु दुखित भएका छन् ।
कक्कड दम्पत्तीको जग्गा तर्फनै सलमान खानको फार्महाउसको मुलद्धार रहेको छ । जसका कारण दम्पत्तीलाई आफ्नो जमिनमा आउन जान पनि समस्या भइरहेको छ । दम्पत्तीको पक्षमा वन विभागका एकजना अधिकारीले आवाज उठाउँदा उसको त्यहाँबाट सरुवा गरिदिएको उनिहरुको आरोप छ । ती वन विभागका अधिकारीले सलमान खानको परिवार विरुद्ध आवाज उठाएका थिए ।सरकारले सलमान खानको फार्महाउसमा पालिएका घोडाको लागि पनि बिजुलीको बन्दोबस्त गरिदिएको छ । तर उनिहरुले आफ्नो जग्गामा बिजुली जोड्न समस्या भइरहेको गुनासो गरेका छन् । उनिहरुले आफुहरुको जग्गामा विजुली लगायत अन्य आधारभुत सुविधा पनि उपलब्ध नभएको बताएका हुन्
पिडित परिवारलाई वनमन्त्री सुधिर मुनगङ्टीवारले यस विषयमा पहल गर्ने आश्वासन दिएका थिए । तर पछिल्लो सयम उनि सलमान खानसँग पार्टीमा मस्त हुन थालेको उनिहरुको आरोप छ । कक्कड दम्पत्ती र उनीहरुको वकील आभा सिंहले सलमान खान र उनको परिवारको पहुँचका कारण न्याय पाउन समस्या भएका छन् । तर सलमान खानको परिवारले अहिलेसम्म यस विषयमा आफ्नो कुनै पनि प्रतिकृया सार्वजनिक गरेको छैन । सलमान खान भने अहिले विदेश भ्रमणमा व्यस्त छन् ।
July 6, 2018 11:58 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :