भारतीय आलु भन्दा पालुङको आलु स्वादिलो र मिठो भएपछि किन्नेहरुको घुँइचो
8 years अगाडी
Susma Dhakal
वीरगञ्ज – खानामा स्वादिलो तथा मिठो हुने भएकाले पहाडको आलु तराईमा लोकप्रिय हँुदै गएपछि यसको माग पनि ह्वातै बढ्को छ । आलुको मुख्य भण्डारको रुपमा रहेका वीरगञ्जस्थित मीना बजारमा अहिले पहाडको पालुङबाट दैनिक १५ लाख मूल्य बराबरका पाँच टन आलु आउने गरेको जनाएको छ ।
भारतीय आलु भन्दा पालुङको नयाँ आलु खानामा स्वादिलो तथा मिठो हुने भएकाले वीरगञ्जमा यसको माग बढ्दै गएको मीना बजारस्थित आलुका थोकव्यापारी चन्द्रिकाप्रसाद रौनियारले बताउनुभयो । यहाँ करीब १५ जना थोक व्यापारी छन् । तिनीहरु पालुङका आलु बेच्ने गरेका छन् । त्यति मात्र नभएर भारतीय बजारमा पनि पहाडको आलुका माग बढ्दै गएपछि यतिखेर सीमावर्ती भारतीय बजार रक्सौलका व्यापारीले टागामा लोड गरेर दैनिक एक टन आलु लाने गरेका छन् । अहिले पालुङको आलु स्थानीय बजारमा प्रतिकिलो रु ४० मा बिक्री भइरहेको छ ।
July 8, 2018 10:22 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...