रुपन्देहीमा आफ्नै बाबुले गरे जिउँदै जलाएर छोरीको हत्या, आमाले हालिन परिवारविरुद्ध उजुरी
बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया एक किशोरीको एक साताभन्दा बढी समय उपचारपश्चात ज्यान गएसँगै उनको हत्या भएको अरोप लगाइएको छ ।आफ्नै घरमा सुतेको अवस्थामा यही असार १० गते समीक्षा ठकुरीको बिहान करिब २ः३० बजेको समयमा शरीरमा आगो लागेर चिच्याएपछि उनलाई तत्काल उपचारार्थ अस्पताल पुर्याइएको थियो । समीक्षाको शरीरमा बाबु तेजबहादुर ठकुरीसहित घर परिवारका अन्य सदस्यले मट्टितेल छर्केर आगो लगाएर हत्या गरिएको आरोप उनकी आमा माया थापाले लगाएकी छिन्।
समीक्षाको मृत्युपश्चात मृतककी आमा माया थापाले इलाका प्रहरी कार्यालय सालझण्डीमा ३४ वर्षीय बाबु तेजबहादुर, हजुरआमा ६४ वर्षीया हरिकला र बुटवल उपमहानगरपालिका– २ बस्ने फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिपेश बस्यालले जानकारी दिइन्।
उनीहरुमध्ये मधु घटनाको राति मृतक माइतीमा बसेकी थिइन् भने अमृता भने नरहेको प्रहरीले जनाएको छ। घटनालगत्तै उनलाई उपचारार्थ लुम्बिनी अञ्चल अस्पताल बुटवल हुँदै मिसन अस्पताल पाल्पा र अन्तमा कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा यही असार २० गते बिहान ज्यान गएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए।
प्रहरीका अनुसार मृतक समीक्षा जन्मिएको नौ महिनामा आमा मायाले दोस्रो विवाह गरेपछि उनी आमासँग र मावलीमा बस्दै आएकी थिइन्। उनी विगत ६ महिनाअघि मात्र आफ्ना परिवारसँग बस्न थालेकी हुन्। उनी स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत् थिइन्।
July 8, 2018 10:37 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना