यौन प्रस्ताव नमान्दा जंगलमा लागि युवतीको मुखमा विरुवाका पात कोचियोपछि !
हराएको तीन दिनपछि मृतावस्थामा फेला परेकी युवतीको बलात्कारका कारण मृत्यु भएको प्रहरीले पत्ता लगाएको छ । असार १२ गते वेपत्ता भएकी कैलालीको गौरीगंगा नगरपालिकाकी २१ वर्षीया युवतीको असार १५ गते नगरपालिकाको चपरथली सामुदायिक बनमा सडेको अवस्थामा लास फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा आज आयोजित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार उनलाई उनकै सहकर्मी गौरीगंगा नगरपालिका ११ शिबपुरका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २१ वर्षीय सुरज चौधरी, २० वर्षीय भुवन खाती र १९ वर्षीय तपेन्द्र बोगटीले सामूहिक बलात्कारसँगै हत्या गरेका हुन् । पाँचै जना बसेर सामुहिक बलत्कारपछि हत्या गर्ने र शवको ठेगान लगाउने योजना बन्यो र उनीहरु असार १२ गते विहान ९ बजेदेखि नै मायालाई ढुकेर बसे ।
माया आउने वित्तिकै दुई जनाले मुख छोपेर हात पछाडी बाधेर जङगलमा लगे । मायाको मुखमा विरुवाका पात कोचियो, हात उनकै दोपट्टाले पछाडी बाधियो र बलत्कार गर्न सुरु गरियो । मुखमा पात कोचिएकी र हात बाधिएकी मायाले न बोल्न सकिन् न त प्रतिकार नै । कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार युवतीको सव भेटिएको दिनमा दुई जनालाई पक्राउ गरिएको थियो भने छानबिनका क्रममा २० जनालाई पक्राउ गरिएको थियो ।
हत्या गरिएकी युवती गौरीगंगा नगरपालिकाको वडा कार्यालयमा तथ्यांक सर्भेक्षणमा करारमा कार्यरत थिइन् । मुखमा कोचिएको बुजोका कारण सास फेर्न नसकेपछि चौथो व्यक्तिले बलात्कार गर्ने क्रममा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार घटनामा संलग्नमध्ये मनोज बोगटी हिजो बिहीबार पक्राउ परेपछि उनले नै घटनाको बेली बिस्तार लगाएका हुन् । युवतीले प्रयोग गर्दै आएको मोबाइल पनि उनकै साथमा फेला परेका कारण घटना पुष्टी गर्न थप सहयोग पुगेको हो ।
पत्रकार सम्मेलनमा बताइए अनुसार असार ८ गते घटनाका प्रमुख योजनाकार मानिएका गणेश बडुवालले युवतीलाई यौन सम्बन्धका लागि प्रस्ताव राखे । तर युवतीले सिधै इन्कार गरिन् । त्यसैको प्रतिसोधमा गणेशले साथीहरुसँग मिलेर सामूहिक बलात्कार गर्ने योजना बनाए र यो घटना भयो । प्रहरी उपरीक्षक घिमिरेले आरोपितलाई बलात्कार, ज्यान मुद्दा र सामूहिक बलात्कार गरी तीन मुद्दा चलाइने जानकारी दिए ।
July 8, 2018 11:17 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना