

जानी राखौ,दुर्लभ संयोगसहित यस वर्षकै पहिलो चन्द्र ग्रहण लाग्दै, राशि अनुसार कसैको भाग्य चम्कने !

दुर्लभ संयोगसहित यो वर्षको पहिलो चन्द्रग्रहण श्रावन १२ गते शनिबारको दिन लाग्ने भएको छ। यो चन्द्र ग्रहण कुनै पनि प्रकारको ग्रहणमध्ये यस वर्षको पहिलो ग्रहण हुने बताइएको छ। ज्योतिष शास्त्रका अनुसार श्रावन १२को ग्रहण खग्रास चन्द्र ग्रहण रहनेसमेत बताइएको छ। चन्द्र ग्रहणको सूतक शुरु भएपछि घरमा भएका अचार, दूध, दही आदि खाद्य पदार्थमा कुश, तुलसी वा दूबो राख्नुपर्छ । त्यसो गर्दा यिनीहरूलाई ग्रहणले दूषित गर्दैन ।
घरमा भएका सुक्खा पदार्थमा कुश राखिरहनु पर्दैन । सूतकको समयमा तथा ग्रहणका बेलामा दान र जप गरेको ठूलो पुण्य हुन्छ भन्ने मान्यता रही आएको छ। पवित्र नदी तथा तलाउहरूमा स्नान गर्नुपर्छ । ग्रहण सकिएको भोलिपल्ट बिहान ब्राह्मणहरूलाई दान दिनुपर्छ ।यस चन्द्र ग्रहण श्रावन १२ गतेको मध्यरातिको १२ बजेर ९ मिनेट देखि शुरु भने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। यस चन्द्र ग्रहण ४ बजेर ०५ मिनेट सम्म हुनेछ। सूतक काल भने ३ बजेर ९ मिनेट देखि मात्र शुरु हुनेछर ३ घण्टा ५५ मिनेट रहनेछ।
ज्योतिष शास्त्र अनुसार चन्द्र ग्रहणको विभिन्न राशिमा विभिन्न असर पर्ने हुन्छ। कोहि राशिलाई धेरै लाभ मिल्ने गर्छ भने कोहि राशिलाई भने धेरै नोक्सान मिल्न सक्छ। अब हुन लागेको चन्द्र ग्रहणले मेष, वृष, सिंह, वृश्चिक अनि मीन राशिलाई शुभ फल दिलाउने देखिन्छ। यी राशि हुनेहरुको सम्पूर्ण समस्या दुर भएर जान सक्ला। तर मिथुन, तुला, मकर, र कुम्भ राशिलाई भने अनिष्ट सावित हुने बताइएको छ।
July 8, 2018 11:24 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

