अर्बपतिसँग विवाह गरी मोजमस्ती गर्दै बलिउडका यी ३ फ्लप अभिनेत्री
कुनै पनि व्यक्तिको करियर सफल हुन्छ भन्ने छैन । मानिसले आफूले चाहेको करियर बनाउन संघर्ष गर्छन् । तर, संघर्ष गर्दागर्दै पनि मानिस सफल भएन भने अर्काे बाटो तय गर्न पनि पछि हट्दैन । यस्तै बलिउडका केही अभिनेत्री फिल्ममा फ्लप भए । अहिले उनीहरु विवाह बन्धनमा बाँधिएर आफ्नो वैवाहिक जीवन सुखमय रुपले बिताइरहेका छन् ।
फिल्ममा फ्लप भएपछि अभिनेत्री आयशा टाकिया, अमृता अरोडा र सेलिना जेटली विवाह बन्धनमा बाँधिएर सुखमय जीवन बिताइरहेका छन् । उनीहरुले अर्बपति व्यवसायीहरुसँग विवाह गरेका हुन् । आयशा टाकियाले आफ्ना प्रेमी तथा ठूलो व्यवसायी फरहान आजमीसँग विवाह गरेकी हुन् । सन् २००४ मा फिल्म ‘टार्जन द वन्डर कार’ बाट करियर सुरु गरेकी उनको ‘वान्टेड’ मात्रै फिल्म हिट भएको थियो ।
उनै आयशाले सन् २००९ मा प्रेमी फरहान आजमीसँग विवाह गरेकी थिइन् । फरहान होटेल व्यवसायी हुन् । यस्तै अमृता अरोडाले बिजनेसम्यान शकील लडकसँग विवाह गरेर आरामदायी जीवन बिताइरहँदा अर्की नायिका सेलिना जेटलीले अष्ट्रियाली होटेल बिजनेसम्यान पिटर हागसँग विवाह गरेर सुखमय जीवन बिताइरहेकी छन् ।
July 8, 2018 11:33 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :