Thursday 2nd April 2026

कमाउन गएको श्रीमानको शव देखेपछि श्रीमति वेहोस, यसरी शोकमा डुबे सुकुम्बासी बस्ती !

8 years अगाडी

शुक्रबार मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा परि एकै गाँउका ३ जनाको मुत्यु भएपछि दाङ राप्ती गाँउपालिका ३ सुकुमवासी टोल यतिबेला शोकमा छ । राप्ती गाउँपालिका ३ सुकुम्वासी टोलकी ३१ वर्षिय कविता घर्ति ,कैलाली घर भइ सुकुम्वासी टोलमा माइतीघर भएकी २२ वर्षिया विन्ती घर्ति र सोही गाउँ निवासी ६५ नम्वर टोलका ३५ वर्षिय सुवेर चौधरीको ट्रिपर दुर्घटना परि मुत्यु भएको थियो । एउटै गाउँका तीन जनाको दुर्घटनामा मृत्यु हुदाँ सिंगो गाँउ शनिवार शोकमा थियो ।

दैनिक मजदुरी गरि जीविका चलाउदै आएका कविता र सुवेर दैनिक ६ सय रुपैया दिने सहमतिमा वैशाख महिनामा मुस्ताङ पुगेको कविताकी छोरी श्रृजनाले बताइन । त्यस्तै सुवेरकी पत्नी देवन्ती चौधरी श्रीमानको मृत्यूको खबरले बेहोसी अवस्थामै छिन । भखैर मात्र टिनको छाना लगाइ घर बनाएर मजदुरी गर्न गएका श्रीमानको काम गर्ने क्रममा मृत्यु भएपछि परिवार संकटमा परेको छ ।

उनीहरुसंगै राजपुर गाँउपालिकाका २ जना दुर्घटना परि मृत्यु भएका छन । राजपुर गाउपालिका १ निवासी ३० बर्षिय बालकुमार घर्ति र राप्ती गाउपालिका–३ निवासी २५ वर्षिय कमल बुढाको मृत्यु भएको थियो । कैलालीको नारायणपुर नगरपालिका–८ हाल राप्ती गाँउपालिका ३ माइतीघर भएकी २२ वर्षिय विन्ती घर्ति लगाएत २० जनाको मृत्यु भएको थियो ।

दाङ , कैलाली र कपिलवस्तुका मृतक मजदुरहरुको शव शनिवार दिउसो नेपाली सेनाको हेलिकेप्टरद्धारा लमहीमा ल्याएको थियो । उनीहरुको शव लमही अस्पतालमा पोष्टमाटमपछि आफन्तलाइ बुझाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरक्षक अरुण कुमार सिहले बताएका छन । उनीहरु मुस्ताङमा राम्रो कमाई हुने आशामा गएका थिए । तर उनीहरुले कमाउनु त के सकुशल आउनै सकिएन ।

          July 8, 2018 2:23 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...