Thursday 2nd April 2026

टिपर दुर्घटनामा मृत्यु भएकाको परिवारलाई पाँच लाख क्षतिपूर्ति

8 years अगाडी

काठमाडौँ,  असार । २० जनाको एकै चिहान हुने गरी मुस्ताङको स्याङबोचेमा भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाहरुको सरकारले राहत दिने भएको छ । मृतकका परिवारलाई पाँच पाँच लाखका दरले सरकारले पीडित परिवारलाई राहतस्वरुप दिने भएको छ ।

सोमबार प्रतिनिधिसभामामा गृहमन्त्री रामबहादुर थापाले पीडित परिवारलाई राहतस्वरूप ५ लाखका दरले आर्थिक सहायता दिने निर्णय भएको जानकारी दिए । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत दुर्घटनामा घाइते भएका १२ जनाको स्वास्थ्योपचार खर्च पनि सरकारले व्यहोर्ने भएको छ ।

शुक्रबार मुस्ताङको स्याङ्बोचेमा ट्रिफर दुर्घटना हुँदा सडक निर्माणमा संलग्न २० मजदुरहरुको ज्यान गएको थियोउ । दुर्घटनामा चालकसहित रोल्पाका ९, दाङका ६, धादिङका १, स्याङ्जाका १, ओखलढुंगाका १, कपिलवस्तुका १ र कैलालीका १ जनाको मृत्यु भएको थियो

          July 10, 2018 10:37 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...