Thursday 2nd April 2026

दुईवटा ट्रक एक आपसमा ठोक्किँदा ४ यात्रु घाइते

8 years अगाडी

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका-८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६ नंको ट्रकले राजमार्ग छेउमा बिग्री रोकिराखेको ना ७ ख २०८० नंको ट्रकमा ठोक्किँदा ना ५ ख ५९४६ नंको ट्रकमा सवार यात्रु घाइते भएका हुन्।

घाइतेको अहिले स्थानीय नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ।

          July 10, 2018 12:31 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...