फ्रान्सका यी ५ खेलाडी जो बेल्जियमका लागि भारी हुन सक्छन्
एजेन्सी, २६ असार । रसियामा जारी फिफा विश्वकपअन्तर्गत मंगलबारदेखि सेमिफानइलका खेल सुरु हुँदैछन् । आज फाइनल प्रवेशका लागि बेल्जियम र फ्रान्स भिड्दैछन् । फ्रान्सले पटकको विश्व विजेता उरुग्वेलाई हराएर सेमिफानइलमा स्थान पक्का बनाएको थियो । उता बेल्जियमले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई पाखा लगाएर सेमिफाइनलको यात्रा तय गरेको थियो ।
आज हुने खेलमा फ्रान्सका यी पाँच खेलाडी बेल्जियमका लागि भारी हुन सक्छन् :
किलियन एम्बाप्पे : फ्रान्सका युवा स्टार किलियन एम्बाप्पेले प्रि-क्वाटरफाइनलमा अर्जेन्टिनाविरुद्ध ऐतिहासिक गोल गर्दै चम्केका थिए । १९ वर्षीय फरवार्ड एम्बाप्पेको पेस निकै राम्रो छ । उनी बल लिएर दौडिएपछि अन्य खेलाडीलाई भेट्टाउन हम्मेहम्मे नै पर्छ । त्यसैले आज उनी बेल्जियमका लागि महंगो पर्न सक्छ ।
एंटोनी ग्रीजम्यान : फ्रान्सका स्टार फरवार्ड एंटोनी ग्रीजम्यानमाथि सेमिफाइनलमा जिम्मेवारी बढी हुनेछ । २७ वर्षीय ग्रीजम्यानले यस विश्वकपमा ३९० मिनेट मैदानमा डटेका छन् । उनले पाँच खेलमा ३ गोल गरेका छन् । उनले डीबक्स बाहिरबाट पनि शानदार शट हान्न सक्छन् । उनले फ्रिकिक राम्रो हान्न सक्ने भएकाले आजको खेलमा उनी चम्कन सक्नेछन् ।
राफेल वरान : दुई पटकको विश्व विजेता उरुग्वेविरुद्धको खेलमा फ्रान्सका २५ वर्षीय युवा डिफेन्डर राफेल वरानले शानदार प्रदर्शन गरेका थिए उनले पहिलो हाफको ४० औं मिनेटमा फ्रान्सका लागि पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । यस भिडन्तमा ग्रीजम्यानको फ्रिकिकमामा हेडिङमार्फत गोल गरेका थिए । फ्रान्स १२ वर्षपछि सेमिफाइनल खेल्दैछ । वरानले यस विश्वकपमा कुल पाँच म्याच खेल्दं मैदानमा ४५० मिनेट बिताएका छन् । जसमा उनले एक गोल गरे । फ्रान्सले उनीमाथि निकै भरोशा राखेको छ ।
पाउल पोग्बा
पाउल पोग्बा फ्रान्सका २५ वर्षीय मिडफिल्डर हुन् । यस विश्वकपमा उनले कुल ४ खेल खेलेका छन् । जसमा उनले ३५९ मिनेट मैदानमा बिताए । तर, उनले एक गोल पनि गरेका छैनन् । उनी पास मिलाउन निकै माहिर मानिन्छन् । उनलाई संसारको उत्कृष्ट मिडफिल्डरमा गनिन्छ । सेमिफाइनलमा फ्रान्सले उनीमाथि उत्कृष्ट प्रदर्शनको आशा राखेको छ ।
बेंजामिन पावर्ड
फ्रान्सका २२ वर्षीय युवा डिफेन्डर बेंजामिन पावर्डमाथि टीमको नजर हुनेछ । पावर्डले यस विश्वकपमा चार म्याच खेले । जसमा उनले १ गोल गरे । मैदानमा उ३० मिनेट डटेका उनले अर्जेन्टिनाविरुद्ध उत्कृष्ट गोल गरेका थिए । त्यो नै विश्वकपमा उनको पहिलो गोल थियो । उनी बेल्जियमका फरवार्डले पोष्टतिर लगेको बललाई रोक्न सक्षम रहेको बताइन्छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता


