विश्वकपः फ्रान्स फाइनलमा प्रवेश, ‘गोल्डेन जेनेरेशन’ मानिएको बेल्जियम आउट
काठमाडौँ, २७ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपको पहिलो सेमिफाइनल खेलमा फ्रान्सले बेल्जिमयलाई १-० गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।सन् २००६ पछि फ्रान्स पहिलोपटक विश्वकपको फाइनल खेलमा पुग्न सफल भएको हो ।फ्रान्सका लागि सामुयल उमटिटी नायक बने । उनले गरेको एकमात्र गोलले बेल्जियममाथि फ्रान्सले जित निकाल्न सफल भयो ।पहिलो हाफदेखि नै निकै रोमाञ्चक खेलमा दुवै टोलीले गोल गर्ने अवसरहरु सिर्जना गरेका थिए ।
तर, गोल गर्न भने सकेनन् । तर, खेलको ५१ औ मिनेटमा उमटिटीले गोल गरे ।दुवै पक्षका गोलरक्षकहरुले सानदार खेल प्रदर्शन गरेका थिए ।मस्कोमा हुने फाइनल खेलमा फ्रान्सले खब इंग्ल्याण्ड वा क्रोयसियासँग खेल खेल्नेछ । प्रशिक्षक रोबर्टो मार्टिनेजले जिम्मेवारी लिएपछि २५ खेलमा पहिलोपटक बेल्जियम पराजित भएको हो ।बेल्जियमको गोल्डेन जेनेरेसनले यसपटकको विश्वकप जित्ने धेरैको आशा रहेको थियो तर, इतिहास रच्ने मौका उनीहरुले गुमाएका छन् ।बेज्यिमका इडिन हजार्ड दुईपटकसम्म गोल गर्न चुके ।फ्रान्सको कडा डिफेन्स लाइन उनले तोड्न सकेनन् । सन् १९९८ पछि पहिलो पटक डिफेण्डरले गोल गर्दै फ्रान्सले फाइनलको यात्रा तय गरेको हो ।
July 11, 2018 10:45 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता