Thursday 2nd April 2026

नियमावलीलाई अन्तिम रुप दिन नेकपा सचिवालयको बैठक बालुवाटारमा

8 years अगाडी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। पार्टी एकतापछि अन्तरिम विधानबमोजिम नियमावली पारित गरेर मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालयको बैठक बसेको हो। स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो। एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ। बैठकले नियमावलीलाई अन्तिम रुप दिने  छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेकोे सचिवालयको बैठकले पार्टीको विधान र नियमावली बिषयमा छलफल गर्दै आज पुनः बैठक बसेर अन्तिम रुप दिने निर्णय गरेको थियो।

यस अघि बसेको सचिवालय बैठले तीन सदस्यीय कार्यदल गठन गर्दै पार्टीका नेताले दिएको सुझावलाई समेटेर बैठकमा प्रस्तुत गने जिम्मेवारी दिइएको थियो ।कार्यदलमा वामदेव गौतम , रामबहादुर थापा बादल, महासचिव बिष्णु पौडेल रहेका छन् । कार्यदलले यस अघि बसेको स्थायी समितिको बैठले दिएको सुझावलाई आधार मानेर नियमावलीलाई अन्तिम रुप दिने तयारी गरेको छ।

          July 11, 2018 11:27 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...