Thursday 2nd April 2026

आमाबुबा गुमाएका बालबालिकालाई शिक्षा सहयोग

8 years अगाडी

नेपालगञ्ज । आमाबुबा गुमाएका अति विपन्न परिवारका पाँच जना बालबालिकालाई नेपालगञ्ज उपमहानगरपालिका–१२ को वडा कार्यालयले निजी विद्यालयमा अध्ययनको व्यवस्था मिलाएको छ।सोही वडाका चिडिमार समुदायका ती बालबालिकालाई वडा कार्यालयले स्थानीय सेन्टथोमस बोर्डिङ स्कूलमा १ देखि १० कक्षासम्म अध्ययनको व्यवस्था मिलाएको हो।

यसैगरी, सोही समुदायकी युवती खुशी चिडिमारको बिबीए अध्ययनका लागि वडा नं १२ को कार्यालयले रु ५० हजार नगद सहयोग उपलब्ध गराएको अध्यक्ष बुद्धिसागर सुवेदीले बताए।यसैगरी आमाबुबा गुमाएका पाँच जना बालबालिकाका परिवारलाई सो वडा कार्यालयले एक महिनालाई पुग्ने चामल, दाल, तेल, नून, चाउचाउलगायतका खाद्यान्न सामग्रीसमेत उपलब्ध गराएको छ।

          July 11, 2018 1:35 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...