‘लिभिङ टूगेदर’ बस्ने युवतीहरुको दूर्दशा, हिंसा सहन नसकेपछि आत्माहत्याको प्रयास !
नेपालमा पनि युवक युवती लिभिङ टूगेदरमा बस्न थालेका छन् । काठमाडौं उपत्यकासहित मुलुकका प्रमुख शहरहरुमा औपचारिक रूपमा विवाह नगरी पुरुष महिला जोडी बाँधेर बस्नेहरु दिनानुदिन बढ्दै जान थालेको छ ।तर, यसरी बसेका महिलाहरु पछिल्लो समय घरभित्र हुने हिंसाबाट पीडित भएका भेटिएको कानुन व्यवसायीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीकाअनुसार यसरी बसेका थुप्रै महिलाहरूले पुरुषसाथीबाट आफूमाथि हिंसा भएको भन्दै महिला आयोगमा उजुरी दिएको अधिवक्ता विमला खड्काले बताइन्।
लिभिङ टूगेदर बस्न कानुनले मान्यता नदिएको हुनाले हिंसामा परेका महिलाहरुले न्याय पाउन कठिन बनेको छ । अधिवक्ता खड्काका अनुसार औपचारिक सम्बन्ध खुलाउने प्रमाण नहुने हुँदा उनीहरूको मुद्दा लड्न गाह्रो हुन्छ।‘धेरै महिलाहरू हिंसाको पीडा सहन नसकेर आत्महत्या नै गर्ने अवस्थामा पनि पुगेको भेटिएको छ। तर यसमा हामीलाई प्रमाण जुटाउनै कठिन हुने गरेको छ, अनि यस सम्बन्धी कानुन पनि हामीकहाँ छैनन्’, उनले भनिन् ।
July 11, 2018 2:30 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना