Tuesday 23rd December 2025

विश्वकपः इतिहास रच्दै क्रोयसिया फाइनलमा प्रवेश, इंग्ल्याण्ड आउट

7 years अगाडी

काठमाडौँ, २८ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपको सेमिफाइनल खेलमा विश्वकप दाबेदार मानिएको इंग्ल्याण्डलाई क्रोयसियाले पराजित गर्दै पहिलो पटक विश्व कप फुटबलको फाइनलमा पुगेको छ ।एक गोलको अग्रता जोगाउन नसकेको इंग्ल्याण्ड क्रोयसियासँग २-१ गोलले पराजित भएको हो ।यसअघि सन् १९९८ मा भएको विश्वकपमा क्रोयसियाले सेमिफाइलनसम्मको यात्रामात्र तय गरेको थियो । सेमिफाइनलमा फ्रान्ससँग पराजित हुदैँ क्रोयसिया बाहिरिएको थियो ।

तर, यसपटक भने इतिहास रच्दै क्रोयसिया विश्वकपको फाइनलसम्म पुग्न सफल भएको छ ।खेलमा इंग्ल्याण्डले अग्रता लिएको थियो जसका लागि ट्रिपरले गोल गरेका थिए । तर, दोस्रो हाफमा क्रोयसिया नतिजा उल्टाउन सफल भएको थियो ।खेलको ६८ औ मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काएका थिए । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको १०९ औ मिनेटमा मारियो मण्डजुकिकले सानदार गोल गर्दै क्रोसियालाई अग्रता दिलाए ।

इङ्ल्यान्ड कप्तान ह्यारी केनको वान भर्सेस वान प्रहारलाई उनले रोके । जारी विश्वकपका सर्वाधिक गोलकर्ता ह्यारी केनले क्रोयसियाविरुद्ध खासै केही गर्न सकेनन् । क्रोयसियाको डिफेन्सले उनलाई रोक्न सफल भयो । अब क्रोयसियाले फाइनलमा फ्रान्सको सामना गर्नेछ ।

          July 12, 2018 10:45 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...