डा.केसीको काठमाडौं नफर्किने जवाफपछि जुम्ला जान लागेको हेलिकोप्टर रोकियो !
१२ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई लिन बुधबार काठमाडौंबाट चिकित्सकसहितको टोली जुम्ला जाने तयारी भयो । सेनाको हेलिकोप्टर जाने व्यवस्था मिलिसकेको थियो । तर, उड्ने तयारीमा रहेको हेलिकोप्टर काठमाडौंमै रोकियो । आफू काठमाडौं नफर्किने जवाफ डा. केसीले फोनबाटै दिएपछि चिकित्सकसहितको टोली रोकिएको हो ।
नेपाल चिकित्सक संघका पदाधिकारीलाई केसीले यस्तो जवाफ दिएका हुन् । ‘केसीले भेट्न मात्रै आउनू, लिन नआउनू भनेपछि हामी जानुको कुनै अर्थ र औचित्य थिएन,’ संघका महासचिव डा. लोचन कार्कीले भने, ‘उनलाई काठमाडौं ल्याएरै जीवनरक्षा गर्ने र मागबारे कुरा गर्ने योजना सरकारको भए पनि उनले नआउने अडान लिएपछि हामी पनि सरकारको आग्रह नकार्न बाध्य भयौँ ।’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनअनुसार नेपाल चिकित्सक संघका पदाधिकारी र प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह हेलिकोप्टरमा जुम्ला जाने तयारी थियो ।
July 12, 2018 10:52 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना