यी कलाकार हुन् जसले सलमान, अमिर र साहरुखलाई पछि पारे
बलिउडमा यस्ता पनि स्टार कलाकार छन् जो पढाई अर्थात अध्ययनका हिसाबले पनि सुपरहिट छन् । अब्बल पढाईका साथै कलामा पनि उनीहरु अब्बल नै छन् । कलामा साहरुख, सलमान र आमिर खानको नाम अगाडि आएपनि पढाईमा भने नयाँ पुस्ता अगाडि देखिन्छ । प्राय कलाकारहरु पढ्न रुची नभएर कला क्षेत्रको लागेको भन्ने गरिएको छ तर यी सुपस्टारको हकमा भने त्यो लागु हुँदैन ।अनुष्का शर्मा त आर्ट पढेकी अभिनेत्री हुन्। उनले आर्ट विषयबाट ग्राजुएशनका साथै आर्थशास्त्रमा एमए (डिग्री) पास गरेकी छिन् । अभिनेत्री सोहा अली खान पनि पढेकी कलाकार हुन् ।
उनले बैलिओल कलेज अक्सफोर्डबाट स्नातक (ग्राजुएशन) गरेकी छिन् । जोन अब्राहम बलिउडका पढेका कलाकार हुन्। उनले एमबीए (डिग्री) सम्म अध्ययन गरेका छन् । नर्सी मोन्जी संस्थान अफ प्रबन्ध स्टडीबाट मास्टर पास गरेका जोन हाल अनकमिङ फिल्म सत्यमेव जयतेको प्रमोसनमा व्यस्त छन् ।पछिल्लो पुस्ताकी परिणीति चोपडा पनि पढेकी कलाकार हुन्। उनले मेनचेस्टर बिजनेस स्कुल युकेबाट ग्राजुएशन गरेकी छिन्। उनले फाइनान्सियल, बिजनेस र फण्ड विषयमा स्नातक पास गरेको भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
रणवीर सिंह पनि पढ्ने कलाकारको सूचीमा पर्छन। उनले इण्डियाना युनिभर्सिटीबाट ग्राजुएशन गरेका छन्। उनी हाल आफ्नो आगामी फिल्म सिम्बामा व्यस्त छन् । अभिनेता भन्दा पनि खलपात्र भूमिकामा बढी देखिने कलाकार सोनु सुद पनि पढेका कलाकारमा गनिन्छन् । उनले यशवंतराव चौहान कलेजबाट इलेक्ट्रोनिक्समा इन्जिनियरिङ्ग डिग्री गरेका छन्
July 12, 2018 10:58 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी