Thursday 2nd April 2026

अविरल वर्षासँगै बाढी र पहिरोले जनजीवन प्रभावित

8 years अगाडी

काठमाडाैं, २८ असार । रातीदेखि परेको पानीका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो गएको छ । केही राजमार्ग अबरुद्ध भएका छन्  काभ्रेको बनेपामा बाढीले पुल नै छोपिएपछि अरनिको राजमार्ग अवरुद्ध बनेको छ । अहिले अरनिको राजमार्ग हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, जिरी, रामेछापलगायत ठाउँमा ओहोरदोहोर गर्ने कुनै पनि गाडी नचलेका प्रहरीले जनाएको छ । यस्तै, भक्तपुरका विभिन्न ठाउँ समेत डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले दुवाकोट, राधेराधे लगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।त्यस्तै वर्षाका कारण पहाडी जिल्लामा कतिपय कच्ची सडक समेत अवरुद्ध बनेका छन्  यस्तै वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।

मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण सडक गएरातीदेखि रोकिएको हो । राति १० बजे पहिरो खस्न सुरु भएको र १२ / १ बजेसम्म खसिरहेको प्रहरीले बताएको छ ।पहिरोका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधन बीचैमा अलपत्र परेका छन् । बाटो खुलाउनका लागि रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ । बाटो खुलाउनका लागि डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडकसञ्चालन हुन सकेको छैन ।

          July 12, 2018 11:06 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...