कोटेश्वर– जगातीमा सार्वजनिक र नीजि सवारीलाई छुट्टाछुट्टै लेन
काठमाडौं, असार । दुर्घटना न्युनिकरणका लागि काठमाडौंको कोटेश्वरदेखि भक्तपुरको जगातीसम्मको सडकखण्डमा साना गाडी र ठूला सवारी साधनका लागि छुट्टाछुट्टै लेन छुट्याइएको छ ।सवारी दुर्घटना बढीरहेका बेला ट्राफिक प्रहरीले सो रुटमा सार्वजनिक साधन र कार तथा मोटरसाइकललाई छुट्टै लेन छुट्याएको छ भने टिप्पर, ट्रक तथा बसहरुलाई छुट्टै । ठूला तथा हेब्बी सवारी साधनहरु साना सवारी साधन गुड्ने लेनमा आउन पाउने छैनन् । नियम आगामी असार १ गतेदेखि लागु हुनेछ ।
बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गृह मन्त्रालयमा भएको छलफलपछि सवारीसाधनका लागि फरक फरक लेन छुट्याइएको हो । ट्राफिक महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीका अनुसार दुर्घटना न्यूनीकरणका लागि लेन छुट्याइएको बताए । उनले भने, ‘ठूला तथा मालवाहक सवारी साधन पहिलो लेनमा मात्र चलाउनुपर्नेछ, दोस्रो लेनमा कार तथा मोटरसाइकल चालकहरुलाई छुट्याइएको छ ।’सवारी संचालनमा लेन विभाजनले साना सवारी साधनलाई राहत पुग्ने अनुमान गरिएको छ । त्यस्तै टिप्परहरुलाई उपत्यकामा समयअवधि समेत तोकिएको छ । बिहान ५ बजेपछि तथा बेलुका ८ बजेअघि उपत्यकामा टिप्पर चलाउन नदिने निर्णय भएको छ ।
July 12, 2018 11:20 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना