Thursday 2nd April 2026

शनिबारसम्मै भारी वर्षा हुन सक्ने, सतर्क रहन माैसमविद्को अाग्रह

8 years अगाडी

काठमाडाैं, २८ असार । शनिबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन् । मौसमविद विभूति पोखरेलले मनसुन सक्रिय भएकाले पूर्वदेखि पश्चिमसम्म भारी वर्षाको सम्भावना रहेको बताइन् ।

उपत्यकासहित देशका विभिन्न भूभागमा पानी परिरहेको छ । मनसुन सक्रिय भएकाले रातीदेखि पानी परिरहेको र दिनभरि नै झरि पर्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

बुधबार राती उपत्यकामा ८८ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।  मध्य र पश्चिममा धेरै पानी परे पनि पूर्वी क्षेत्रमा भने थोरै मात्र वर्षा भएको छ ।

          July 12, 2018 11:37 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...