‘फ्रान्सले यो सुनौलो मौका गुमाउनु हुँदैन’
काठमाडौँ, २९ असार । फ्रान्सका स्टाइकर ओलिभर जिरुले यस विश्वकपमा पाएको मौका नगुमाउन आफ्ना साथीहरुलाई आग्रह गरेका छन् ।सन् २०१६ को युरो कपको फाइनलमा फ्रान्स पोर्चुगलसँग पराजित भएको थियो । तर, यसपटकको विश्वकपको फाइनल खेललाई गम्भिरताका साथ लिन उनले आग्रह गरेका छन् ।
आइतबार राति फ्रान्स क्रोयसियासँग आमने सामने गर्दैछ । फ्रान्सले अर्जेन्टिना, उरुग्वे र बेल्जियमजस्ता देशहरुलाई पराजित गर्दै विश्वकप यात्रा तय गरेको हो ।उनले भनेका छन्, ‘अब हामीले एउटा खेल जित्न सके विश्वकप उपाधि जित्नेछौ । क्रोयसिया एउटा बलियो प्रतिस्पर्धी हो उसलाई हल्का रुपमा लिनु हाम्रो कमजोरी हुनसक्छ ।’
जिरुले यस विश्वकपमा गोल गर्न सकेका छैनन् । उनले बेल्जियमविरुद्ध सुनौला अवसरहरु गुमाएका थिए । उनले भनेका छन्, ‘मैले बेल्जियमविरुद्ध अवसरहरु गुमाएको थिए । तर, फाइनल खेलमा त्यस्तो नहोस् ।’
July 13, 2018 11:28 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता