‘फ्रान्सले यो सुनौलो मौका गुमाउनु हुँदैन’
काठमाडौँ, २९ असार । फ्रान्सका स्टाइकर ओलिभर जिरुले यस विश्वकपमा पाएको मौका नगुमाउन आफ्ना साथीहरुलाई आग्रह गरेका छन् ।सन् २०१६ को युरो कपको फाइनलमा फ्रान्स पोर्चुगलसँग पराजित भएको थियो । तर, यसपटकको विश्वकपको फाइनल खेललाई गम्भिरताका साथ लिन उनले आग्रह गरेका छन् ।
आइतबार राति फ्रान्स क्रोयसियासँग आमने सामने गर्दैछ । फ्रान्सले अर्जेन्टिना, उरुग्वे र बेल्जियमजस्ता देशहरुलाई पराजित गर्दै विश्वकप यात्रा तय गरेको हो ।उनले भनेका छन्, ‘अब हामीले एउटा खेल जित्न सके विश्वकप उपाधि जित्नेछौ । क्रोयसिया एउटा बलियो प्रतिस्पर्धी हो उसलाई हल्का रुपमा लिनु हाम्रो कमजोरी हुनसक्छ ।’
जिरुले यस विश्वकपमा गोल गर्न सकेका छैनन् । उनले बेल्जियमविरुद्ध सुनौला अवसरहरु गुमाएका थिए । उनले भनेका छन्, ‘मैले बेल्जियमविरुद्ध अवसरहरु गुमाएको थिए । तर, फाइनल खेलमा त्यस्तो नहोस् ।’
July 13, 2018 11:28 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :