Thursday 2nd April 2026

शिक्षण अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प

8 years अगाडी

काठमाडाैँ। १४ देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै राजधानीमा रहेको त्रिवि शिक्षण अस्पतालका आवासायी चिकित्सकहरू हड्तालमा उत्रिएका छन्।त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए)ले आजशुक्रबारदेखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प पारेको हो।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनशनरत बसेका छन्। दिनप्रतिदिन उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।एसोसिएसनका अध्यक्ष डा‍ सुमित पाण्डे र सचिव डा विश्वराज तिमल्सिनाले विज्ञप्तिमार्फत १३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले स्तब्ध बनाएको उल्लेख गरेका छन्। एसोसिएसनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन्।

यसैबीच डा.केसीको स्वास्थ्यअवस्था जटील बन्दै गएकाे छ। केसीकाे श्वारप्रश्वासमा समस्या देखिएकाे छ। केसीकाे स्वास्थ्य अवस्था जटिल भएपछि उनको उपचारका लागि सरकारले विशेष योजना बनाएको छ। स्राेतकाअनुसार  सरकरले डा. केसीको अवस्था बुझ्न टोली जुम्ला पठाउने र आवश्यक भए काठमाडौं ल्याएर उपचार गराउने तयारी गरेकाे छ।डा. केसीलाई स्वास प्रस्वासमा कठिनाई भइरहेको छ । लगातार अनसन बसेका कारण डा. केसीको शरीर निकै कमजोर भएकाले यो पटक ६–७ दिनमा नै गलेका छन् । त्यसमाथि जुम्लाको चिसो मौसमले पनि उनको स्वास्थ्य अवस्था थप जटिल बेनको हो ।

          July 13, 2018 11:38 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...