सम्बन्ध बिच्छेद बढ्दै, मुद्दा दर्ता गर्नेमा १४ देखि १९ वर्षसम्मका किशोरी धेरै
सल्यान । पछिल्लो समय सल्यानमा सम्बन्ध बिच्छेदका घटना बढेका छन्। जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन्। चालू आवमा सम्बन्धबिच्छेदका १०१ र अंशसहित सम्बन्धबिच्छेदका ३२ गरी १३३ मुद्दा परेको जिल्ला न्यायाधीश मदनबहादुर धामीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
धामीका अनुसार १४ देखि १९ वर्ष उमेर समूहका किशोरीले सबैभन्दा बढी सम्बन्धबिच्छेदको निवेदन दिने गरेका छन्। “सम्बन्धबिच्छेद गर्न आउने धेरैलाई परामर्श गरेका छौँ तर उनीहरु सहमतिमै सम्बन्धबिच्छेद गर्न आउने भएकाले हाम्रो कुरा सुन्न चाहन्नन्”, धामीले भने।सम्बन्धबिच्छेद गर्न आउने ५० प्रतिशतभन्दा बढीका सन्तान हुने र तिनीहरुको भविष्य अन्योलमा हुने गरेको धामीले बताए। “सम्बन्धबिच्छेद गर्दा आमासँगको सन्तानलाई बाबुले पाल्ने भन्ने कुरा हुन्छ, पछि के हुन्छ थाहा हुँदैन यसले गर्दा बालबच्चाको लालनपालनका समेत समया आउने गर्छ”, धामीले भने।
परिपक्व नहुँदै प्रेम विवाह गर्ने र उमेर पुगेपछि सम्बन्धबिच्छेद गर्ने समस्या हुने गरेको धामीको भनाइ छ। वैदेशिक रोजगारीका कारण पनि सम्बन्धबिच्छेद हुने गरेको अदालतका स्रेष्तेदार गणेशकुमार गौतमले जानकारी दिए।गत आवमा सम्बन्धबिच्छेदका ९९ मुद्दा परेकामा चालु आवमा १०० वटा मुद्दा परेको गौतमले जानकारी दिए। यस्तै गत आवमा अंश दावीसहित २७ मुद्दा दर्ता भएकामा चालु आवमा ३२ मुद्दा दर्ता भएको छ। यस्तै पुरुषवादी भएको एउटा मात्र मुद्दा दर्ता भएको अदालतले जनाएको छ।चालु आवमा जबर्जस्ती करणीका १० मुद्दा तथा जबर्जस्ती करणी उद्योगअन्तर्गत आठ मुद्दा दर्ता भएको गौतमले बताए। चालु आवमा हाडनाता करणीका दुई मुद्दा दर्ता भएको बताइएको छ।
July 13, 2018 11:51 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना