श्रीमानलाई क्यान्सर भएको खुलेपछि श्रीमतीले जागिर थालिन्, शंकालु श्रीमानले हत्या गरिदिए !
क्यान्सर पीडित एक श्रीमान्ले शंकाकै कारण आफ्नी श्रीमतीको हत्या गरेका छन् । ती श्रीमानले घरको छलमा श्रीमतीको घाँटी चक्कुले रेटेर हत्या गरी फरार भएका छन् । बुधबार राती घरको छतमा सुतिरहेकी श्रीमतीलाई मारेर उनी फरार भए । ती श्रीमानलाई क्यान्सर भएको ६ महिना पहिले थाहा भएको थियो । त्यसपछि उनको उपचारको खर्च जुटाउन भन्दै महिला आफ्ना दाजुको घरमा बसेर जागिर गरिरहेकी थिइन् ।
घटना भारतको नोएडाको हो । जागिरका क्रममा ती महिलाले कम्पनीका केही पुरुष कर्मचारीसँग कुरा गर्थिन् । यही कुराले उनका पतिले उनीमाथि शंका गरेका थिए । यही कारण उनको हत्या गरे । ममता नाम गरेकी ती महिलाको बिहे अजय नामका युवकसँग भएको थियो । मृतक ममताका दाजु राहुलले अजयविरुद्ध प्रहरीमा किटानी जोरी दिएका छन् । प्रहरीले आरोपीको खोजी भइरहेको जनाएको छ ।
राहुललाई क्यान्सर भएको थाहा पाएपछि ममता निकै चिन्तित भएको दाजु राहुलले बताएका छन् । उनको उपचार खर्च जुटाउनकै लागि ममताले जागिर गर्ने इच्छा देखाएकी थिइन् । त्यसपछि उनी ३ महिना पहिले आफ्ना छोरा र छोरीसँगै दाजुको घरमा आएर जागिर गर्न थालेकी थिइन् । राहुलका अनुसार केही पैसा जम्मा गरेपछि एक हप्ता पहिले ममताले आफ्ना पतिलाई उपचारको लागि बोलाएकी थिइन् । बुधबार दिल्लीको एम्स अस्पतालमा उपचारको लागि जानुपर्ने थियो ।
ममताले जागिर गरेको विषयमा केही दिनदेखि उनीहरुको विवाद भएको थियो । मंगलबार राती २ बजे उनीहरु कुरा गर्दै थिए । यत्तिकैमा गर्मी भएपछि उनीहरु छतमा सुत्न गए । बुधबार बिहान ५ बजे ममताले जोडले चिच्याएको आज सुनेपछि अन्य सदस्य छतमा गए । त्यही बेला अजय दौडिँदै छतबाट तल ओर्लेर भागे । छतमा ममता रगताम्य थिइन् । उनलात्इ तत्काल अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घाषित गरे ।
July 13, 2018 12:42 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी