पानी ट्यांकीमा डुबेर मृत्यु, परिवारद्वारा किटानी जाहेरी
भक्तपुर, २९ असार । सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँ बस्ती बस्ने २३ वर्षीय सुभाष चौलागार्इको बिहिबार पानी ट्यांकीभित्र डुबेर मृत्यु भएको छ ।सोही ठाउँ बस्ने पदमबहादुर सुनुवारको नयाँ घर कम्पाउण्ड पछाडि रहेको रिजर्भ ट्यांकीमा डुबेको अवस्थामा स्थानीयवासीले उद्धार गरी मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बा ५ ख ८२७१ नं को ट्यांकरबाट पानी हाल्ने क्रममा ट्यांकीभित्र खसेर बेहोश भएका चौलागार्इंको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए ।प्रहरीले पदमबहादुर सुनुवार र ट्यांकर चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको छ । मृतकका काका छत्रबहादुर चौलागार्इंले आज प्रहरी वृत्त थिमिमा हत्या भएको भन्दै जाहेरी दिएका छन् ।
July 13, 2018 3:28 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना