सुहागरातमा पतिले गरे यस्तो काम, ५ दिन भइसक्दा अझै बेहोस छिन् नवविवाहिता पत्नी
पिताको घरबाट खुसीसाथ विदा भएर उनी नयाँ घर पुगेकी थिइन् । उनका माइतीलाई एउटै कुरामा सन्तोष थियो कि उनकी छोरीले राम्रो घरबार पाइन् । अब उनी घरमा सबैलाई रिझाएर बस्नेछिन् । तर परिवारको यो खुसी चकनाचुर हुन बेर लागेन । बिहेको पहिलो रात नै बेहुलाले यस्तो गरे कि त्यो परिवारमा बज्रपात भयो ।भारतको उत्तर प्रदेशको बागपतमा ती बेहुलीको बिहे ८ जुलाइका दिन भएको थियो । उनको बिहे बागपतकै सिंघावली हरि क्षेत्रमा भएको थियो । उनका पति बागपतमै शिक्षक छन् । ती बेहुलीका दाजुका अनुसार बिहेको भोलिपल्ट गोदभराइको रिवाज हुन्छ । यसका लागि ९ जुलाइका दिन उनी बहिनीलाई लिन गए । त्यहाँ उनकी बहिनीलाई सन्चो नभएको बताइयो । कोठामा उनकी बहिनी बेहोस थिइन् । परिवारले के भएको भन्नेबारे स्पष्ट जवाफ दिएनन् ।
त्यसपछि उनी बहिनीलाई लिएर धेरै अस्पतालमा गए तर डाक्टरले उपचार गर्न नसक्ने बताए । पछि उनले बहिनीलाई लिएर गाजियाबादको मोहननगर अस्पतालमा लिएर गए । त्यहाँ जाँदा डाक्टरले निकै आश्चर्यजनक कुरा बताए । डाक्टरका अनुसार ती नवविवाहिताको गुप्तांगमा धारिलो रडले प्रमार गरिएको थियो । जसका कारण गुप्तांगमा गहिो चोट छ । पेटसमेत फटेको छ र गर्भाशयमा समेत गहिरो चोट लागेको छ ।त्यसपछि दाजुले सुहागरातका दिन उनका पतिले नै यो सब गरेको किटानी जाहेरी दिएका छन् । यद्यपि यो सब उनले किन गरे भन्ने खुल्न सकेको छैन । पति फरार छन् र पत्नी अहिलेसम्म बेहोस छिन् जसका कारण त्यो रात के भएको थियो भन्ने बताउने कोही छैन । घटनाबारे यथार्थ थाहा पाउन पति पक्राउ पर्नुपर्ने वा पत्नी होसमा आउनुपर्ने अवस्था छ । प्रहरीले फरार पतिको खोजी गरिरहेको छ । एजेन्सी
July 14, 2018 11:21 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना