डा. केसीको स्वास्थ्य अवस्था थप जटिल, स्वास्थ्य परिक्षण गर्न अस्वीकार
जुम्ला, ३० असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १५ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । उनले आफ्नो स्वास्थ्य परिक्षण गर्न अस्वीकार गरेका छन् । रगत परीक्षण गर्न गएका चिकित्सकहरुसँग भावुक हुँदै डा. केसीले आफ्नो स्वास्थ्य परीक्षण नगर्न आग्रह गरेका हुन् ।
डा. केसीले सत्याग्रह सुरु गरेको लामो समय वितिसक्दा पनि सरकारले चासो नदेखाएको र आफूले औपचारिक वार्ताका लागि पहल गरेको तीन दिन बितिसक्दा पनि सरकार वार्ताका लागि जिम्वेवार नबनेको भन्दै उनले स्वास्थ्य परिक्षण गर्न अस्वीकार गरेका हुन् ।
डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले जानकारी दिए ।डा.रोकायाका अनुसार उनको शरीरमा अक्सिजनको मात्रा कम हुनुका साथै गुल्कोजको मात्रा न्यून रहेको र मस्तिष्कमा रक्तसञ्चार निकै कम छ ।
July 14, 2018 11:25 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना