कराँते भवनका लागि अमेरिकामा गायिका अन्जु पन्तको सांगेतिक प्रस्तुति
काठमाडौं । अमेरिकामा नेपाली म्युजीक फेस्टिभल–२०१८ हुने भएको छ । पोखरामा कराँते प्रशिक्षण भवन निर्माणार्थ सहयोग जुटाउने उद्धेश्यले हिमालयन फाउन्डेशन कर्पले सो फेस्टिभवल आयोजना गर्न लागेको हो ।जुलाई १४ अर्थात् ३० असारमा सनफ्रान्सिस्को स्थिति ओकल्याण्ड मेट्रो ओपेरा हाउसमा हुने फेस्टिवलमा चर्चित गायिका अन्जु पन्त र गायक राजु लामाका साथ द एक्स ब्याण्डले गीत सुनाउने आयोजक हिमालयन फाउन्डेशनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले जानकारी दिएका छन् ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका यज्ञलालले समाजसेवा गर्ने हेतुले सन् २००६ मा हिमालयन फाउन्डेशन स्थापना गरेका हुन् । फाउन्डेशनले अमेरिका शहरहरुमा च्यारिटी शो गरी संकलन गरेको रकम नेपालका बिभिन्न स्थानमा स्कुल पुननिर्माण, लाइब्रेरी निर्माण, भुकम्पपीडित तथा असहायलाई सहयोग गर्ने गरेको छ ।
‘कराते प्रशिक्षण भवन पूरा हुनै लागेको छ । त्यसका लागि केही रकम आबश्यक परेकाले सबै लागी मिलि गरेका छौ,’ म्युजीक फेस्टिभव आयोजना बारे यज्ञलाल भन्छन्, ‘जहां रहे पनि आफ्नो मातृभूमिका लागि केही गरौं भन्ने उद्धेश्यले प्रेरित छु । सबैको साथ पाउने आश राखेको छु ।’फेस्टिभल आयोजनामा हिमालय फाउन्डेशनलाई एसबाबु प्रोडक्शनले साथ दिएको छ । केही समयदेखि अमेरिका भ्रमणमा रहेकी अन्जुले कन्सर्टमा आफ्ना दर्जन बढी चर्चित गीत गाउने छिन् ।
July 14, 2018 11:35 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी