अर्घाखाँचीमा जेठाजुद्वारा आफ्नै भाइ बुहारी माथि हँसिया प्रहार
8 years अगाडी
Susma Dhakal
अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका साविक वडा नम्बर ४ बडाचौर धारा निवासी ३९ वर्षीया उमा खनाललार्इ दिउँसो आफ्नै जेठाजुले टाउकोमा हँसिया प्रहार गरी घाइते बनाएका छन्।
घाइते उमा खनालका जेठाजुले आफ्नै बुहारीलार्इ बाराम्बार चरम यातना दिने गरेको स्थानीयहरुको भनाइ छ। स्थानीयवासी र निजका घर परिवारको भनाइ अनुसार उनले आफ्नो गोठमा रहेका कुखुरा, बाख्रा पाठाहरु, कानका गहना बेचिदिने लत्ताकपडाहरु फालिदिने गरेको गुनासो रहेको छ।
अहिले हँसिया प्रहारबाट घाइते उमा खनाललार्इ पत्रकार प्रेम खड्का र जिल्ला प्रहरी कार्यालयका कर्मचारीहरुको सहायतामा जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको छ। पीडक जेठाजुको मानसिक सन्तुलन गुमाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ।
July 14, 2018 12:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...