युवाविहिन गाउँ, रोपाइँ गर्न पनि समस्या
बर्दिबास, ३० असार । ‘धान रोप्न कामदार पाइँदैन । ट्र्याक्टरको जोताई त्यतिकै महँगो छ । मल पाउन मुस्किल भयो’, धान रोपाइँका लागि ब्याडमा बीउ उखेल्दै गरेका बर्दिबासका विष्णु फुयाँलले भने, ‘दश कठ्ठामा धान रोप्न पनि समस्या भयो ।’लामो खडेरीपछि बर्खा लाग्यो । रोपाइँ चलिरहेको छ । दुःखका साथ रोपाइँका लागि विष्णुले खेत तयारी गरेका छन् । तर, ज्यामी पाइँदैन । पाए पनि तीन घण्टाकै तीन सय ५० रुपैयाँ ज्याला माग्छ । ‘युवा सबै कमाउन विदेश गए । कामदार पाइन छाड्यो’, उनले भने, ‘गाउँमा भएका युवाले कृषि कर्म गर्न चाहँदैनन् ’ खाने मान्छे बढेको, उत्पादन घट्दै गएको र खाद्यान्नमा परनिर्भरता बढेको उनले बताए ।
बर्दिबासका ५५ वर्षीय किसान नरबहादुर कार्कीलाई यतिबेला भ्याइनभ्याइ छ । रोपाइँका लागि उनी बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खट्छन् । १७ कठ्ठामा रोपाइँ सक्न उनलाई सकस छ । रोपाहार र खेताला नपाएर घरका सबै परिवार रोपाइँमा व्यस्त छन् । ‘खाजा र खाना खेतकै आलीमा खाइन्छ’, उनले भने, ‘कामदार पाउनै मुस्किल छ । वर्षभरीको बाली लगाउनै प¥यो ।’सरकारले प्रदान गर्ने सहुलियत दरको मलखाद बीउवीजन ग्रामीण भेगको किसानको हात नपरेको कृषक इन्दिरा कार्कीले बताइन् । ‘बजारबाट ल्याएको धान बीउ राम्रो हुँदैन । कहिले फल्छ । कहिले दाना लाग्दैन’, उनले भनिन् ।
गाउँभरी नै रोपाइँ चलेको छ । पहिलाजस्तो हलगोरुबाट आजकल धान खेत जोतिँदैन । गाउँमा गोरु पाल्ने चलन हटिसक्यो । धनीले ट्र्याक्टर किनेका छन् खेती गर्न । उनीहरूलाई रोपाइँमा सजिलो छ । तर, गरिब किसानलाई न गोरु पाल्न सहज छ न त सरकारले सहुलियत दरमा हाते ट्र्याक्टर नै दिएका छन् । धान रोप्न समस्यै समस्या रहेको बिजलपुरा किसान हरी महतोले जनाए ।वर्षाको पानीको भरमा धान खेती गर्दै आएका किसानलाई रोपाइँपछि पानी नपर्दा समस्या हुँदै आएको बर्दिबासका अर्का किसान हरि पौडे्ल बताउँछन् । ‘सबैभन्दा ठूलो समस्या सिँचाइकै छ’, उनले भने ।
July 14, 2018 12:45 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी