युवाविहिन गाउँ, रोपाइँ गर्न पनि समस्या
बर्दिबास, ३० असार । ‘धान रोप्न कामदार पाइँदैन । ट्र्याक्टरको जोताई त्यतिकै महँगो छ । मल पाउन मुस्किल भयो’, धान रोपाइँका लागि ब्याडमा बीउ उखेल्दै गरेका बर्दिबासका विष्णु फुयाँलले भने, ‘दश कठ्ठामा धान रोप्न पनि समस्या भयो ।’लामो खडेरीपछि बर्खा लाग्यो । रोपाइँ चलिरहेको छ । दुःखका साथ रोपाइँका लागि विष्णुले खेत तयारी गरेका छन् । तर, ज्यामी पाइँदैन । पाए पनि तीन घण्टाकै तीन सय ५० रुपैयाँ ज्याला माग्छ । ‘युवा सबै कमाउन विदेश गए । कामदार पाइन छाड्यो’, उनले भने, ‘गाउँमा भएका युवाले कृषि कर्म गर्न चाहँदैनन् ’ खाने मान्छे बढेको, उत्पादन घट्दै गएको र खाद्यान्नमा परनिर्भरता बढेको उनले बताए ।
बर्दिबासका ५५ वर्षीय किसान नरबहादुर कार्कीलाई यतिबेला भ्याइनभ्याइ छ । रोपाइँका लागि उनी बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खट्छन् । १७ कठ्ठामा रोपाइँ सक्न उनलाई सकस छ । रोपाहार र खेताला नपाएर घरका सबै परिवार रोपाइँमा व्यस्त छन् । ‘खाजा र खाना खेतकै आलीमा खाइन्छ’, उनले भने, ‘कामदार पाउनै मुस्किल छ । वर्षभरीको बाली लगाउनै प¥यो ।’सरकारले प्रदान गर्ने सहुलियत दरको मलखाद बीउवीजन ग्रामीण भेगको किसानको हात नपरेको कृषक इन्दिरा कार्कीले बताइन् । ‘बजारबाट ल्याएको धान बीउ राम्रो हुँदैन । कहिले फल्छ । कहिले दाना लाग्दैन’, उनले भनिन् ।
गाउँभरी नै रोपाइँ चलेको छ । पहिलाजस्तो हलगोरुबाट आजकल धान खेत जोतिँदैन । गाउँमा गोरु पाल्ने चलन हटिसक्यो । धनीले ट्र्याक्टर किनेका छन् खेती गर्न । उनीहरूलाई रोपाइँमा सजिलो छ । तर, गरिब किसानलाई न गोरु पाल्न सहज छ न त सरकारले सहुलियत दरमा हाते ट्र्याक्टर नै दिएका छन् । धान रोप्न समस्यै समस्या रहेको बिजलपुरा किसान हरी महतोले जनाए ।वर्षाको पानीको भरमा धान खेती गर्दै आएका किसानलाई रोपाइँपछि पानी नपर्दा समस्या हुँदै आएको बर्दिबासका अर्का किसान हरि पौडे्ल बताउँछन् । ‘सबैभन्दा ठूलो समस्या सिँचाइकै छ’, उनले भने ।
July 14, 2018 12:45 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :