लुका मोडरिक : जसले बारुदी सुरुङमा फुटबल सिके
एजेन्सी, २९ असार । जब उनी ६ वर्षका थिए, उनको हजुरबालाई गोली हानी मारियो । उनको परिवार युद्धका कारण संकटमा थियो । उनी ग्रेनेडको विस्फोटहरुबीच हुर्के । उनको प्रशिक्षक भन्ने गर्थे कि उनी फुटबल खेल्नका लागि निकै कमजोर थिए । उनै मोडरिकले आफ्नो देश क्रोएशियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याए ।क्रोएशिया पहिलोपटक फुटबल विश्वकपको फाइनलमा पुगेपछि मस्कोको लुजनिकी स्टेडियमको बाहिर उनका एक प्रशंसकले मेक्सिकन पत्रकारसँग कुरा गरे । जब फुटबल प्रशंसक ज्याकब मोटिकलाई आइतबार फ्रान्सविरुद्ध हुने फाइनललाई लिएर प्रश्न सोध्दा उनी चिन्तित थिएनन् किनकी उनलाई विश्वास नै थिएन कि क्रोएशिया फाइनलमा पुग्यो भन्ने ।
फाइनल चुनौतिपूर्ण हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘तपाई लुका मोडरिकलाई चिन्नुहुन्छ ? उनी बारुदी सुरुङका बीच फुटबल खेल्थे । त्यसकारण हामी अलिकति पनि डराएका छैनौं ।’१७ वर्षीय यी प्रशंसक ९० को दशकमा आफ्नो देशको कहानी सुनेर हुर्कियो । यद्यपी उनको प्रतिक्रिया एक कल्पना हो तर यो वास्तविकताभन्दा पर छैन ।मोडरिक ती युवकमा गनिन्छन् जसले क्रोशियाली फुटबलको स्वर्णिम कहानी लेखिरहेका छन् ।उनी र उनको टीमका केही खेलाडीहरुले आफ्नो बाल्यकालमा रगताम्मे संघर्ष र सन् १९९१ मा यूगोस्लाभियाको पतन देखेका छन् ।
विस्थापन र निर्वासन : त्यस क्रममा पूरै इलाकामा फैलिएको सांप्रदायिक हिंसाको कारण उनकै टीमका एक सदस्य तथा साथी वेद्रन कोर्लुकालाई पनि क्रोएशियामा एक शरणार्थीको रुपमा रहन बाध्य गराइएको थियो । त्यस्तै अन्य कयौं मानिसहरुले देश छाड्नुपर्यो त्यसबेला । इवान राकिटिकको मामिलामा पनि यस्तै भयो । उनी परिवारसँगै स्विजरल्याण्ड गएर बसेका थिए । क्रोएशियाका लागि फुटबल खेल्नुअघि बार्सिलोनाका यी स्टार फुटबलर स्विजरल्याण्डका लागि केही जूनियर क्याटगोरीमा प्रतिनिधित्व समेत गरिसकेका छन् ।
द्वन्द्वका कारण भत्किएको लुका मोडरिकको घर द प्लेयर ट्रिब्यूनमा छापिएको एक लेखमा मोडरिकले लेखेका छन्, ‘बाल्यकालमा के-के भयो, त्यो सम्झन पनि गाह्रो छ ।’उनले स्वीकार गरे, ‘मेरो मातापिताले कहिल्यै पनि मसँग वा मेरो भाईसँग युद्धको बारेमा कुरा नै गर्नु भएन किनकी यसमा उहाँहरुले धेरै चाहनालाई गुमाउनु भएको छ । यद्यपी हामी भाग्यशाली रह्यौं ।’आफ्नो बाल्यकालका क्रममा विस्थापित अर्का एक खेलाडी हुन् मारियो मांदजुकित्श । जसको निर्णायक गोलको सहयोगले इंग्ल्याण्ड सेमिफाइनलमा क्रोएशियासँग पराजित भयो । उनी जर्मनीमा आफ्नो परिवारसँग हुर्किएका हुन् ।तर, मोडरिक आफ्नै देशमा बसे । यद्यपी उनले सर्बियाली सेनाको बमबारी अन्त्य भएपछि जेडारको सडकमा उनले फुटबल खेले मोडरिकजस्ता बच्चाहरुलाई शरणार्थी क्याम्पबाट धेरै टाढा जान दिइने गरेको थिएन । किनकी, युद्धको समयमा उनीहरु खतरनाक क्षेत्रमा पुग्न नसकुन् ।सन् २००८ मा मोडरिकले युद्धको बारेमा भनेका थिए, ‘म केवल ६ वर्षको थिएँ । त्यो समय निकै कठिन थियो । मलाई राम्रोसँग याद छ तर यसको बारेमा म सोच्न पनि सक्दिनँ र चाहन्नँ पनि ।उनले भने, ‘युद्धले मलाई बलियो बनाइदियो । न म यसलाई याद गर्न चाहन्छु न यसलाई भूल्न नै ।’
युद्धसँग प्रभावित अन्य फुटबलरहरु : यस्तै याद छ डिफेन्डर डेजान लोवरेनसँग पनि । युद्धका कारण उनको परिवार विस्थापित भएर जर्मनी जानुपर्यो । तर, त्यहाँ उनीहरु शरणार्थी बन्न सकेनन् र सन् १९९० को दशकमा क्रोएशिया फर्कन बाध्य भए ।लोवरेनले आंशिक रुपमा आफ्नो मातृभाषा भुलिसकेका थिए जसकारण उनले स्कुलमा पनि समस्या झेल्नुपर्यो । ‘जब म सिरिया र अन्य देशको शरणार्थीहरुलाई देख्दा मेरो प्रतिक्रया यस्तो हुनेछ, हामीले यस्ता मानिसहरुलाई मौका दिनुपर्छ,’ उनले भने ।
यद्यपी क्रोएशियाका सबै मानिसहरु यस्तो चाहँदैनन् । फेब्रुअरीमा छापिएको एक रिपोर्टका अनुसार, एमनेस्टी इंटरनेशनलले केही प्रहरी हिंसाको मामिलालाई हवाला दिँदै क्रोएशियाली सरकारमाथि देशमा अवैध रुपमा आएका आप्रवासीहरुलाई आश्रय नदिएको आरोप लगाएको छ ।करिब ४१ लाख जनसंख्या भएको देश क्रोएशिया सन् १९५० मा ब्राजिललाई हराएको देश उरुग्वेपछि विश्वकप फाइनलमा पुग्ने सबैभन्दा सानो देश हो ।इंग्ल्याण्डविरुद्ध सेमिफाइनल खेलको दिन जुटरंगी अखबारले एक सम्पादकीय प्रकाशित गर्यो । जसमा खेलाडीहरुलाई रगत, पसिना र एकताका साथ लड्न भनेको छ । त्यसमा लेखिएको छ, ‘यदि मिलेर काम गरिन्छ भने सानो देशले पनि ठूलो काम गर्न सक्छ ’क्रोएशियाकी राष्ट्रपतिकोलिंदा ग्रैबर किटारोविकले पनि त्यस्तै भूमिका निभाइरहेकी छन् । क्वाटरफाइनलमा राष्ट्रिय टीमको जर्सी पहिरिएर उनी भीडमा गोलको खुशी मनाइरहेकी थिइन् । मैदानमा आफ्नो शानदार फुटबल प्रदर्शनमा उनी रमाइरहेकी थिइन् ।
मोडरिकले लगातार तीन खेलमा १२० मिनेट खेलिसके । जसमध्ये दुई खेल पेनाल्टी शूटआउटमा पुग्यो । उनले आइतबार हुने फाइनल खेलमा पनि उस्तै प्रदर्शन गर्ने आशा लिइएको छ ।इंग्ल्याण्डविरुद्धको खेलपछि ब्रिटिश टेलिभिजन आईटिभीलाई मोडरिकले प्रतिक्रिया दिए, ‘अंग्रेजी पत्रकारहरु र टिभीका एक्सपर्टहरुले हामीलाई कमजोर आँकेका थिए । त्यो उनीहरुको ठूलो गल्ती थियो । हामीले उनीहरुले लेखेका र सबै कुराहरु सुन्यौं र पढ्यौं । र, हामीले भन्यौं, हेर्दै जाउँ को थाक्नेछ ? हामीले एकपटक पुन: देखाइदियौं कि हामी अझै थाकेका छैनौं । यस भिडन्तमा शारीरिक र मानसिक रुपमा हामीमाथि दबाब भएको देखियो ।’कप्तानलाई यो थाहा छ कि क्रोएशियाले फाइनलमा स्थान बनाएको छ । यसका साथै रियल मड्रिडका मिडफिल्डर मोडरिकको मुहारमा एक मुस्कुराहटसँगै अन्तर्वार्तालाई टुंग्याए ।
मोडरिकको करियर : ३२ वर्षीय लुका मोडरिकले आफ्नो करियरको यो स्थानमा आइपुग्न धेरै चुनौतिहरुको सामना गर्नुपर्यो । ९ सेप्टेम्बर १९८५ मा जन्मिएका मोडरिकलाई कमजोर भएको भन्दै फुटबल प्रशिक्षकले खेलका लागि लिन मानेका थिएनन् । उनी कमजोर भएका कारण खेल्न सक्दैनन् भन्ने प्रशिक्षकहरुको बुझाइ थियो त्यतिबेला ।यद्यपी एक पुराना प्रशिक्षकले उनलाई डायनामो जेग्रेब क्लबका लागि ट्रायल दिलाए । १६ वर्षको उमेरमा मोडरिक डायनामोमा अनुबन्ध भए । त्यहाँ उनले आफ्नो प्रतिभालाई निखारे र उनी क्लब र देशका लागि खेल्न निस्के ।
सन् २००६ मा मोडरिकले अर्जेन्टिनाविरुद्ध खेलबाट आफ्नो अन्तर्राष्ट्रिय करियर शुरुआत गरे । विश्वकप सेमिफाइनलसम्म मोडरिकले आफ्नो देशका लागि ११२ खेल खेले ।उनले सन् २००८ देखि २०१२ सम्म इंग्ल्याण्डको एक क्लबका लागि फुटबल खेले । सन् २०१२ पछि उनी स्पेनिश क्लब रियल मड्रिडका लागि खेलिरहेका छन् ।मोडरिक संसारकै उत्कृष्ट फुटबलरमा गनिन्छन् । उनी ६ पटक ‘क्रोएशियाली फुटबलर अफ दि इयर’ चुनिइसकेका छन् । उनी ‘फिफा प्लेइङ-११’ रहन सफल एकमात्र क्रोएशियाली खेलाडी हुन् ।
July 14, 2018 1:00 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :