सोनम कपुर तेस्रोलिंगीको समर्थनमा अहिले पनि अडिक
सोनम कपुर आफूलाई मनमा लागेका कुरा निर्धक्क भन्न कहिल्यै हिच्किचाउँदिनन् । विवादमा आउँछु कि भन्ने डरले कुरा चपाएर बोल्दिनन् ।सामाजिक सञ्जालमा सोनम निकै सक्रिय छिन् । हालै उनले इन्स्टाग्राममा आफ्ना फ्यानहरुसँग गरेको खुलस्त संवाद चर्चामा आएको छ । उक्त संवादमा सोनमलाई फ्यानहरुले धर्मको विषयदेखि समलिंगीलाई समर्थन गरेको विषयसम्ममा प्रश्न सोधेका थिए ।
एक फ्यानले उनलाई सोधे, ‘के तपाईं मुस्लिमलाई मन पराउनुहुन्छ ?’ आफैंमा मुर्खतापूर्ण लाग्ने यो प्रश्नको सोनमले सहजतापूर्वक जवाफ दिइन्, ‘म सबै धर्म, जाति र सम्प्रदायलाई मन पराउँछु । हिन्दू धर्मले मलाई यही सिकाएको छ ।’
त्यसपछि अर्का व्यक्तिले सोधे, ‘के तपाईं आफ्ना पाकिस्तानी फलोअरहरुलाई माया गर्नुहुन्छ ?’ सोनमले जवाफ दिइन्, ‘म सिंगै पाकिस्तानलाई माया गर्छु । म त्यहाँ गएर छुट्टी मनाउन लालायित छु ।’ सोनम विगतदेखि तेस्रोलिंगीको अधिकारका पक्षमा खुला वकालत गर्दै आएकी छन् । यस विषयमा पनि एक जनाले प्रश्न राखे ।
‘भारतजस्तो रुढिवादी देशमा तेस्रोलिंगीको वकालत गर्ने हिम्मत तपाईंलाई कहाँबाट आयो ?’ सोनमको जवाफ जियो, ‘सत्य कुराको वकालत गर्न कुनै हिम्मत चाहिँदैन मित्र । केवल प्रतिवद्धता चाहिन्छ । म अहिले पनि आफ्नो धारणामा उत्तिकै अडिक छु ।’
हालै आफ्ना प्रेमी आनन्दा आहुजासँग विहे गरेकी सोनम यतिबेला आफ्नो पछिल्लो फिल्म ‘वीरे दि वेडिङ’ को सफलताको खुशी मनाइरहेकी छन् । त्यसपछि पनि उनले अभिनय गरेको फिल्म सञ्जु प्रदर्शनमा आएको छ । तर, यो फिल्ममा उनको छोटो रोल भएकाले खासै चर्चा पाइनन् ।
July 14, 2018 1:27 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी